पोखरामा ४ दिने योग प्रज्ञा साधना (ध्यान शिविर) हुँदै

- मेडिटेसन नै मेडिसिन हो : ओशो अखण्ड


     एभरेस्ट आवाज    
     माघ १५ गते २०८१ मा प्रकाशित




पोखरा, माघ १५

पोखरामा ४ दिने योग प्रज्ञा साधना अर्थात ध्यान शिविर हुने भएको छ । ओशोधारा संघ नेपाल, ध्यान केन्द्र पोखराको आयोजनामा पोखराको बिजयपुरस्थित हाइड्रो पावर मुहान क्षेत्रको खेल मैदानमा यहि माघ १६ गतेदेखि १९ गतेसम्म ध्यान शिविर हुने मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

विहान ७ बजेदेखि राती ८ः३० बजेसम्म हुने शिविर दुई भागमा बाँडेर हुने ओशो अखण्डले जानकारी दिए । उनका अनुसार पहिलो दुई दिन शिविरमा सहभागीहरुको दुःख बुझेर त्यो दुःख कसरी निवारण गर्न सकिन्छ भन्नेबारेमा र पछिल्लो दुई दिन मुलाधार चक्रमार्फत योग के हो ? र यसको प्रयोग कसरी गर्ने भन्नेबारेमा ज्ञान दिईन्छ । त्योसँगै ध्यान गर्न सिकाउनुका साथै अन्तिम दिन दीक्षा प्रदान गरिनेछ ।

ओशो अखण्डले अहिले ९८ प्रतिशत मनको कारणले विरामी हुने गरेको बताए । चिन्ताको कारण रोग लागेको छ,उनले भने,‘मनको उपचार ध्यानबाट मात्रै सम्भव छ, अर्थात मेडिटेसन नै मेडिसिन हो ।’ त्यसैले ध्यानलाई जीवन पद्धती र जीवन शैली बनाउनुपर्ने उनको भनाई छ । डिप्रेसन र एन्जाईटीको उपचारपनि ध्यानबाट सम्भव भएकाले शिविरमा सहभागी भएर लाभ लिन उनले आग्रह गरे ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।