माघ १५ पोखरा । उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा हुने तेस्रो प्रदेशस्तरीय हिसान प्लस टु फुटसल प्रतियोगिताको कास्की छनौट खेलको खेलतालिका सार्वजनीक भएको छ ।
बुधबार देखी हुने प्रतियोगिताको उद्घाटन खेलमा मदरल्याण्ड मावि र सृजना मावि खेल्ने भएका छन् । ३१ विद्यालय सहभागीता जनाएको प्रतियोगिताबाट गण्डकी प्रदेशका लागि १० टिम छनौट हुने छन् ।
गण्डकी प्रदेशका लागि कास्की छनौट प्रतियोगिता माघ १९ गते सम्म सञ्चालन हुने छ । प्रतियोगितामा कास्कीबाट १०, नवलपुरबाट २, स्याङजाबाट १, पर्वत, बाग्लुङ र म्याग्दीबाट १, तनहुँ, लम्जुङ र गोरखाबाट १ गरी १६ टिमले प्रदेशस्तरिय प्रतियोगिता खेल्ने हिसान गण्डकीका अध्यक्ष डा. रामजी शर्माले जानकारी दिए ।
प्रतियोगितामा हिसानमा आवद्ध विद्यालयहरुलाई सहभागीता रहेको र खेल जित्नुमात्रै नभएर फुटबल विकासका लागि प्रतियोगिता गरेको आयोजना गरेको प्रतियोगिता संयोजक पुरन कुबँरले बताए ।
हिसान गण्डकीको सदस्य विद्यालय बिच हुने प्रतियोगितामा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुले सहभागीता जनाउन पाउने छन् । प्रतियोगिताको व्यवस्थापन सबिन मेमोरीयल फुटबल क्बलले गर्दै आएको छ । प्रतियोगिताको विजेताले नगद १ लाख, मेडल, ट्रफि र उपविजेताले नगद ५० हजार, मेडल र ट्रफि प्राप्त गर्ने हिसान कास्कीका अध्यक्ष दिवाकर जैसीले जानकारी दिए ।
उनले कास्की छनौट पोखरा–४ गैरापाटनमा रहेको वि– फिट फुटसलमा हुने बताए । त्यसैगरी प्रदेश स्तरीय प्रतियोगिता भने पोखरा रंगशाला स्थित मल्टिप्रपोस कर्भड हलमा हुने उनको भनाई छ । उनले कास्की छनौटमा पहिलो र दोस्रो हुने टिमले पनि कप र मेडल प्राप्त गर्ने छन् ।
सविन मेमोरियल क्बल राष्ट्रिय फुटसल लिगको ए डिभिजन क्लब हो । हिसान फुटसल प्रतियोगिताले नयाँ खेलाडी उत्पादन गर्न प्रतियोगिता गरिएको सविन मेमोरियल क्लबका अध्यक्ष सञ्जय लिगले बताए । टाइसिटमा ड्र मा क्लबका सल्लाकार सन्तोष पराजुली, सचिब प्रकाश पराजुली, हिसान गण्डकीका अध्यक्ष डा. रामजी शर्मा, कास्की अध्यक्ष दिवाकर जैसी संयोजक पुरन कुबँर लगायतले ड्र गरेका थिए । प्रतियोगितालाई युआरएल पोखराले मुख्य प्रायोजन गरेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको मासबारमा रहेको स्टेप वाई स्टेप मा. वि.मा अन्तरसदनात्मक नेपाली भाषा कौशल…






