प्रेस सेन्टर नेपाल कास्कीले मनायो स्थापना दिवस


     एभरेस्ट आवाज    
     माघ १५ गते २०८१ मा प्रकाशित




माघ १५ पोखरा । प्रेस सेन्टर नेपाल कास्की शाखाले पोखरामा प्रभातफेरी तथा स्वास्थ्य परिक्षण गरी स्थापना दिवस मनाएको छ । पोखराको मानव अधिकार चोक बाट सुरु भएको प्रभातफेरी (र्‍याली) पोखरा सभागृहमा पुगेर समापन भएको थियो ।

कार्यक्रममा बोल्दै नेकपा माओेबादी केन्द्र गण्डकी प्रदेशका अध्यक्ष गायत्री गुरुङले विगतको ईतिहासलाई स्मरण गर्दै २१ बर्ष अघि गठन भएको प्रेस सेन्टरले अब समाजबादी यात्रामा शसक्त्त रुपमा कलम चलाउन आग्रह गरिन् । स्वास्थ्य परिक्षणको समेत उद्घाटन गर्दै उहाँले जनताको पक्ष र आवाज विहिनहरुको आवाज बुलन्द पार्न पत्रकारहरुलाई सुझाव दिइन् ।

प्रेस सेन्टरका केन्द्रिय सचिव माधव पनेरू, फ्याक्सन ईन्चार्ज एवं माओवादी केन्द्र कास्की संयोजक विश्वप्रकास लामिछाने, प्रेस सेन्टर गण्डकीका उपाध्यक्ष घनश्याम पाण्डे, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल, प्रेस सेन्टर कास्कीका अध्यक्ष दीननाथ बराल लगायतले श्रमजीवी पत्रकारहरुको हकहितको लागि सबै पत्रकारका संघ संगठनहरु एक हुनु पर्नेमा जोड दिए ।

प्रभातफेरी पश्चात सभा गृहमा प्रगतीशिल जनस्वास्थ्यकर्मी महासंघ कास्कीको आयोजनामा सुगर, प्रेसर र सामान्य स्वास्थ्य परिक्षण गरिएको महासंघ कास्कीका अध्यक्ष बिष्णुराज घिमिरले बताए । घिमिरे सहितको टीमले ५३ जनाको स्वास्थ्य परिक्षण गरेको प्रेस सेन्टर कास्कीका सचिब सरोज अधिकारिले जानकारी दिए ।

कार्यक्रममा प्रेस युनियन गण्डकी प्रदेशका अध्यक्ष टंकराज अधिकारी, महासचिब प्रकाश ढकाल, समाजबादी प्रेस संगठनका नेता गोविन्द सुवेदी, फोनिज कास्कीका अध्यक्ष बिनु थापा साथै अग्रज पत्रकार सहित विभिन्न संघ संगठनका व्यत्तिहरूको सहभागिता रहेको थियो ।

प्रेस सेन्टर कास्कीका अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागि सबै संघ संगठनका व्यत्ति तथा सहभागि सञ्चारकर्मी एवं स्वास्थकर्मीलाई प्रेस सेन्टर पोखरा महानगरपालिकाका अध्यक्ष हुम गुरुङले धन्यवाद दिएका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।