पोखरामा खुल्यो गोरेटो कन्सल्टेन्सीको ब्राञ्च, महानायक राजेश हमालले गरे उद्घाटन


     एभरेस्ट आवाज    
     माघ १६ गते २०८१ मा प्रकाशित




पोखरा, माघ १६

नेपालकै उत्कृष्ट कन्सल्टेन्सी मध्येको एक गोरेटो कन्सल्टेन्सीको ब्राञ्च पोखरामा सञ्चालनमा आएको छ । पोखराका युवा व्यवसायीहरु राजेन्द्र शर्मा र धिरज कँडेलको संयुक्त लगानीमा पोखराको महेन्द्रपुलस्थित मारवाडी भोजनालयको पारिपट्टी गोरेटो कन्सल्टेन्सीको ब्राञ्च सञ्चालनमा आएको हो । ब्राञ्चको बुधबार नेपाली चलचित्रका महानायक राजेश हमालले रिबन काटेर उद्घाटन गरे ।

उद्घाटन कार्यक्रममा बोल्दै महानायक हमालले गोरेटो कन्सल्टेन्सीको पोखरा ब्राञ्च विदेश अध्ययन गर्न जाने विद्यार्थीको पहिलो रोजाई बन्ने विश्वास व्यक्त गरे । मेरो भविष्य कहाँ छ भन्ने कुरा विद्यार्थी र उसको अभिभावकले निक्र्योल गर्ने कुरा हो,उनले भने,‘मचाहिं सकभर स्वदेशमै बसेर देशको सेवा गर्न आग्रह गर्छु । तर होईन तपाईं अध्ययनका लागि विदेश नै जाने हो भने गोरेटो तपाईंको लागि भरपर्दो माध्यम बन्न सक्छ ।’

कार्यक्रममा बोल्दै कन्सल्टेन्सीका पोखरा ब्राञ्च सञ्चालक तथा म्यानेजर राजेन्द्र शर्माले विदेश जाने विद्यार्थी खास गरेर क्यानडा, युकेलगायतका देशहरुमा अध्ययनका लागि जाने विद्यार्थीको पहिलो रोजाई गोरेटो बनाउन आग्रह गरे । विदेश अध्ययनमा जाने विद्यार्थीका लागि चाहिने सम्पूर्ण कुराहरुको सहजीकरण कन्सल्टेन्सीले गर्ने भन्दै यसबारे थप बुझ्नका लागि एक पटक कन्सल्टेन्सीको पोखरा ब्राञ्चमा भिजिट गर्न उनको आग्रह छ ।

गोरेटो कन्सल्टेन्सी विद्यार्थी र विदेशी युनिभर्सिटीबीचको पुल भएकाले यसको सदूपयोग गर्न सके विद्यार्थी र तिनका अभिभावकहरु लाभान्वित हुने गोरेटो कन्सल्टेन्सीका ब्राञ्च निर्देशक धिरज कँडेलले जानकारी दिए ।

उद्घाटनको अवसरमा उद्घाटन कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई करीब दुई घण्टा निःशुलक काउन्सिलिङ गरिएको थियो । जहाँ विद्यार्थीको रुची, उनीहरुको पारिवारिक आर्थिक स्थिति, वैदेशिक अध्ययनमा आईपर्ने समस्या र सम्भावनालगायतबारे विषय विशेषज्ञबाट काउन्सिलिङ गरिएको सञ्चालक तथा म्यानेजर राजेन्द्र शर्माले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।