माघ १६ पोखरा । पोखरा ११ स्थित फुलवारी क्लबले शहिद दिवसको अवसरमा खुल्ला रक्तदान कार्यव्रmमको आयोजना गरेको छ । कार्यव्रmम नेपाल रेडव्रmस सोसाइटी गण्डकी प्रदेशका अध्यक्ष सुर्य प्रसाद ढकालले पहिलो रक्तदाता रामचन्द्र वास्तोलालाई ब्लडब्याग हस्तान्तरण गरि समुदघाटन गरे । रक्तदान कार्यक्रममा ८८ जनाले रक्तदान गरेका छन् ।
कार्यव्रmममा नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशका अध्यक्ष सुर्य प्रसाद ढकाल पोखरा ११ का वडा अध्यक्ष प्रेम प्रसाद कर्माचार्य लगायतले रक्तदानले मानिसलाई स्वच्छ बनाउनेमा जोडदिएका थिए ।
पूmलबारी पार्कमा क्लबका अध्यक्ष मनोज बास्तोलाको अध्यक्षतामा भएको कार्यव्रmम सचिव युवराज बास्तोला गान्धीले सञ्चालन र उपाध्यक्ष जनार्दन बास्तोलाले स्वागत गरेका थिए ।
सविना बास्तोला आचार्यको संयोजकत्वमा सम्पन्न कार्यव्रmममा क्लवले रक्तदानहरुलाई प्रमाण पत्रको साथै क्लवको लोगो अंकित टिर्सट मायाको चिनो स्वरुप प्रदान गरेको थियो । क्लबले विभिन्न समाजिक सेवाका कामहरु गर्दै आइरहेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । गण्डकी प्रदेशमा नसर्ने रोगका बिरामीको संख्या बढ्दै गएको तथ्याङ्क सार्वजनिक…






