माघ १८ मोरङ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सरकारले मुलुकको अर्थतन्त्र सदृढ बनाउँदै जनतालाई समृद्धि बनाउन अध्यादेश ल्याएको बताएका छन् ।
आपूर्ति तथा उपभोक्ता विभागद्वारा आज विराटनगरमा आयोजित ‘वर्तमान अवस्थामा आपूर्ति व्यवस्था र उपभोक्ताको अधिकार’सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले जनतालाई सहज आपूर्ति व्यवस्था गर्नु, जनताको हित गर्नु, मुलुकमा लगानी भित्र्याउनु, विदेशमा सूचना प्रविधिको कम्पनी स्थापना गरी स्वदेशमा रोजगारी सिर्जना गर्नुलगायत उद्देश्यसहित अध्यादेश ल्याइएको जानकारी दिए ।
पूर्वउपप्रधानमन्त्री समेत रहेका खड्काले दुई/दुई महिनामा सरकार परिवर्तनले जनता छाएको निराशालाई आत्मविश्वासमा परिणात गर्न, मुलुकमा समृद्धि ल्याउन वर्तमान गठबन्धन सरकार निर्माण भएको उल्लेख गरे । उनले नेपाली कांग्रेस र एमालेबीच विसं २०५१ पछि देश जनता, मुलुकको स्वाधिनताको रक्षा र ठूला परिवर्तनका लागि संयुक्त गठबन्धन सरकार निर्माण भएको इतिहास रहेको स्मरण गराए ।
उपसभापति खड्काले संविधानको कार्यान्वयनसँग जोडिका ऐनहरू संसद्का सम्बन्धित समितिमा गएका जानकारी दिए । उनले उपभोक्ता संरक्षण ऐनमा कालो बजारी नियन्त्रणसम्बन्धी व्यवस्था रहेको भन्दै केही थप्नुपरेमा विभागलाई आवश्यक सुझाव दिन आग्रह गरे । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सङ्गीतकार, गायक तथा गीतकार अम्बर गुरुङको स्मृतिमा स्थापना गरिएको ‘अम्बर गुरुङ स्मृति…







