आहा ! रारा पोखरा गोल्डकप ‘गेस एण्ड विन’ का विजेता देवकोटा पुरस्कृत


     एभरेस्ट आवाज    
     माघ २३ गते २०८१ मा प्रकाशित




पोखरा । एभरेस्ट एफ.एम. ९३ मेगाहर्जले सञ्चालन गरेको आहा ! रारा पोखरा गोल्डकप ‘गेस एण्ड विन’ का विजेता पोखरा–१० का अविषेक देवकोटा पुरस्कृत भएका छन् ।

सहारा क्लव पोखराले सञ्चालन गरेको २४ औं संस्करणको “आहा रारा पोखरा गोल्डकप” को उद्घाटन खेलमा आयोजक सहारा क्लवलाई पराजित गर्दै नेपाल प्रहरी क्लवले क्वाटर पाइनलमा प्रवेश गर्ने अनुमान लगाएका देवकोटा बुधबार पुरस्कृत भएका हुन् ।
अनुमानित सहि उत्तर दिनेहरुमध्यबाट गरिएको गोला प्रथामा विजयी भएका देवकोटालाई बुधबार सहारा क्लव यू.के. का महासचिव क्याप्टेन पिताम्बर गुरुङले पुरस्कृत गरे । उनले सेभेन बी फोन जोन बुद्धविशाल बजारको तर्फबाट एक थान मोवाइल सेट र हिमश्री फुड्स प्रा.लि.को उत्कृष्ट उत्पादन रारा चाउचाउ एक कार्टुन प्राप्त गरेका छन् ।

मंगलबारको उद्घाटन खेलमा आयोजकलाई १–० गोलले हराउँदै नेपाल प्रहरी फुटबल क्लव क्वाटरफाइन प्रवेश गरेको छ ।

यस्तै बुधबारका लागि मंगलबार सोधिएको सही अनुमानित उत्तर दिनेहरु मध्यबाट पोखरा १५ ट्याक्सीचोकका मनिष क्षत्री विजेता भएका छन् । बुधबार भएको खेलमामच्छिन्द्र फुटबल क्लवले जित्ने अनुमान गरेका क्षत्री गोलाप्रथामार्फत विजेता भएका हुन् । उनलाई बिहीबार पोखरा रंगशालामा सेभेन बी फोन जोन बुद्धविशाल बजारको तर्फबाट एक थान मोवाइल सेट र हिमश्री फुड्स प्रा.लि.को उत्पादन रारा तयारी चाउचाउ एक कार्टुनद्वारा पुरस्कृत गरिने एफएमले जनाएको छ ।

बुधबार मच्छिन्द्र क्लवले सशस्त्र प्रहरी बलको एपीएफ क्लवलाई २–० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।