आहा ! रारा पोखरा गोल्डकप ‘गेस एण्ड विन’ मा क्षेत्री पुरस्कृत


     एभरेस्ट आवाज    
     माघ २४ गते २०८१ मा प्रकाशित




पोखरा । पोखरा– १५ नयाँगाउँका मनिष क्षेत्री पुरस्कृत भएका छन् । एभरेस्ट एफ.एम. ९३ मेगाहर्जले सञ्चालन गरेको आहा ! रारा पोखरा गोल्डकप ‘गेस एण्ड विन’मा विजेता भएका क्षेत्री बिहीबार पोखरा रंगशालामा पुरस्कृत भएका हुन् । उनलाई सहारा क्लव पोखराका सल्लाहकार एवं पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्र केसी र क्लवका पूर्व अध्यक्ष सुरज गुरुङले संयूक्तरुपमा पुरस्कृत गरे । उनले सेभेन बी फोन जोन बुद्धविशाल बजारको तर्फबाट एक थान मोवाइल सेट र हिमश्री फुड्स प्रा.लि.को उत्कृष्ट उत्पादन रारा चाउचाउ एक कार्टुन प्राप्त गरेका छन् ।

सहारा क्लव पोखराको आयोजनामा जारी २४ औं “आहा रारा पोखरा गोल्डकप” को बुधबारको मच्छिन्द्र क्लवले जित्ने अनुमान गरेका गोलामार्फत बिजेता घोषित भएका थिए । बुधबारको खेलमा मच्छिन्द्र क्लवले सशस्त्र प्रहरी बलको एपीएफ क्लवलाई २–० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको थियो ।

यस्तै बिहीबारबारका लागि बुधबार सोधिएको सही अनुमानित उत्तर दिनेहरु मध्यबाट पोखरा–१७ बिरौटाका अशिम गौतम विजेता भएका छन् । बिहीबार हुने न्युरोड टिम (एनआरटी) र चर्च ब्वाईज युनाइटेड क्लवविचको खेलमा चर्च ब्वाईज युनाइटेड क्लवले जित्ने अनुमान गरेका उनी गोलाप्रथामार्फत विजेता भएका हुन् । उनलाई शुक्रबार पोखरा रंगशालामा सेभेन बी फोन जोन बुद्धविशाल बजारको तर्फबाट एक थान मोवाइल सेट र हिमश्री फुड्स प्रा.लि.को उत्पादन रारा तयारी चाउचाउ एक कार्टुनद्वारा पुरस्कृत गरिने एफएमले जनाएको छ ।

एफएमले प्रत्येक दिन सञ्चालन भइरहेको खेल कस्ले जित्ला भन्ने प्रश्नको सही अनुमानित उत्तर दिनेहरुलाई गोलाप्रथामार्फत विजेता घोषित गर्दै पुरस्कृत गर्दै आइरहेको एफएमका प्रवन्ध निर्देशक दीपेन्द्र श्रेष्ठले जानकरी दिए ।

यसअघि पोखरा–१० का अविषेक देवकोटा पुरस्कृत भइसकेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।