संकटालाई ३–१ ले हराउँदै थन्डरबोल्ड आहा ! रारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा


     एभरेस्ट आवाज    
     माघ २५ गते २०८१ मा प्रकाशित




भारत सिक्किमको थन्डरबोल्ट नर्थ युनाइटेड २४औं आहा! रारा पोखरा गोल्डकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

पोखरा रंगशालामा शुक्रबार भएको खेलमा थन्डरबोल्ट नर्थ युनाइटेडले दुई पटकको विजेता संकटा क्लबलाई एकका विरुद्ध ३ गोलले हरायो । सुरुवाती अग्रता जोगाउन नसक्दा संकटा जारी सिजनको आहा! रारा गोल्डकपको पहिलो खेलबाटै बाहिरिएको हो ।

मनिष पौडेलको गोलमा संकटाले १७औं मिनेटमा अग्रता लिएको थियो । ३४औं मिनेटमा तालाले पेनाल्टीमार्फत् थन्डरबोल्टका लागि गोल गर्दै खेल बराबरीमा ल्याए । पहिलो हाफ बराबरीमा सकिएपनि दोस्रो हाफमा थन्डरबोल्ट आक्रामक रुपमा प्रस्तुत भयो । ७७औं मिनेटमा करण राई र ८४औं मिनेटमा आदर्श तामाङले गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।

थन्डरबोल्टले अब क्वाटरफाइनलमा उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीसँग प्रतिस्पर्धा गर्नेछ । ब्ल्याक बुल्स शुक्रवारै नेपाल आइपुगेको छ ।

प्रतियोगिताको पहिलो क्वाटरफाइनलमा शनिबार नेपाल पुलिस क्लब र ब्रिगेड ब्वाइज क्लब युकेबीच हुनेछ। पुलिस उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई पराजित गर्दै क्वार्टरफाइनलमा पुगेको हो । ब्रिगेडले भने सिधैं स्थान बनाएको हो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।