पोखरा । नेपाल पुलिस क्लब पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालामा आज भएको पहिलो क्वाटरफाइनलमा विभागीय टोली पुलिसले ब्रिगेड ब्वाइज क्लब युकेलाई २–० गोलले हराउँदै सेमिफाइनलमा पुगेको हो ।
पुलिसले दुवै गोल पहिलो हाफमा कर्नरमार्फत गरेको हो । खेलको २८औं मिनेटमा विवेक पाण्डेले कर्नरमार्फत गोल गर्दै पुलिसलाई पहिलो अग्रता दिलाएका थिए ।
त्यसपछि ४०औं मिनेटमा विवेककै कर्नरमा पुलिसका कप्तान राम वाजीले गोल गर्दै टोलीलाई दोब्बर अग्रता दिलाए । उनले कर्नरमार्फत आएको बललाई हेडमार्फत गोलको दिशा दिएका थिए । त्यसपछि दुवैतर्फबाट गोल हुन सकेन र खेल २(० ले पुलिस खेल आफ्नो पक्षमा पार्यो ।
पुलिसले यसअघि प्रिक्वार्टरफाइनलमा आयोजक सहारा क्लबलाई १–० ले पराजित गरेको थियो । पुलिसले अब फाइनल प्रवेशका लागि त्रिभुवन आर्मी क्लब र चर्च ब्बाइज युनाइटेड क्लबको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
२४ औं संस्करणको पोखरा गोल्डकपको फाइनल खेल आउँदो फागुन ३ गते हुनेछ । प्रतियोगिताको विजेताले १२ लाख एक हजार रुपैयाँ र उपविजेताले छ लाख एक हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







