गलेश्वर । म्याग्दीको मङ्गला गाउँपालिका– ५ अर्मनकी तेजकुमारी बुढाथोकीले बारी र पाखोमा लगाएको अम्रिसो खेतीबाट गत वर्ष रु तीन लाख आम्दानी गरे । यस वर्ष रु चार लाख बढी आम्दानी गर्ने उद्देश्यका साथ अम्रिसो खेती विस्तार गरेको उनले बताए ।
त्यसैगरी बेनी नगरपालिका– २ रोहोटेका बेलबहादुर घिमिरेले अम्रिसो अम्रिसो बिक्री गरेर रु दुई लाख आम्दानी गरेको बताए । यहाँका किसानले अम्रिसो प्रतिकेजी रु एक सय २५ का दरले बिक्री गर्दै आएका छन् । “गत वर्ष रु एक सय २५ मा बिक्री ग¥यौँ, यस वर्ष मूल्य बढेको छ भन्ने सुनेका छौँ”, घिमिरेले भने ।
उनीहरु जस्तै अन्य किसानले पनि केही वर्षअघि सम्म खेतबारीमा खेर गइरहेको अम्रिसो खेती गरेर आम्दानी लिन थालेका छन् ।
विगत पाँच वर्षदेखि म्याग्दीबाट अम्रिसो व्यापार गर्दै आउनुभएका ओढारचौरका कृष्ण गौतमले गत वर्ष १० क्विन्टल अम्रिसो खरिद गरेको र यस वर्ष पनि रु एक सय २५ मा नै १२ क्विन्टल अम्रिसो खरिद गर्नका लागि किसानलाई पेश्की बुझाइसकेको बताए ।
एक किलो अम्रिसोबाट पाँचवटासम्म कुचो बनाउन सकिने र प्रति कुचो रु ७५ देखि रु एक सय सम्ममा बिक्री हुने उनको भनाइ छ । म्याग्दीमा प्रतिकिलो रु एक सय २५ मा खरिद गरेको अम्रिसो पोखरामा रु एकसय ६०, चितवनमा रु एक सय ९० र काठमाडौँंमा दुईसयमा बिक्री गर्ने गरेको उनले बताए।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


जिल्ला समन्वय समिति कास्कीमा जिल्लामा क्रियाशिल गैरसरकारी संस्थाहरूको बार्षिक समिक्षा कार्यक्रम सुरु…






