आहा ! रारा पोखरा गोल्डकप ‘गेस एण्ड विन’ विजेता गुरुङ पुरस्कृत


     एभरेस्ट आवाज    
     माघ २९ गते २०८१ मा प्रकाशित




पोखरा । एभरेस्ट एफ.एम. ९३ मेगाहर्जले सञ्चालन गरेको आहा रारा गोल्डकप ‘गेस एण्ड विन’का सोमबारका बिजेता पोखरा–१२, माटेपानीका गणेश गुरुङ ‘धर्म’लाई पुरस्कृत गरिएको छ ।

सहारा क्लव पोखराले सञ्चालन गरेको २४ औं संस्करणको आहा रारा पोखरा गोल्डकपको सोमबार भएको तेश्रो क्वाटरफाइनल खेल कस्ले जित्ला ? भनि सोधिएको प्रश्नको अनुमानित सहि उत्तर दिनेहरुमध्यबाट गरिएको गोला प्रथामा गुरुङ विजेता घोषित भएका थिए ।

सोमबार चर्च ब्वाइज क्लव त्रिभूवन आर्मी फुटबल क्लवलाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा गरेको छ ।
बिजेता गुरुङलाई पूर्व गण्डकी प्रदेशसभा सदस्य मोहन रेग्मी, क्लवका निवर्तमान अध्यक्ष हरिराम गुरुङ ‘सुरज’ले मंगलबार पोखरा रंगशालामा सेभेन बी फोन जोन बुद्धविशाल बजारको तर्फबाट एक थान मोवाइल सेट र हिमश्री फुड्स प्रा.लि.को उत्कृष्ट उत्पादन रारा चाउचाउ एक कार्टुनद्वारा पुरस्कार प्रदान गरे ।

यसैविच मंगलबार सोधिएको प्रश्नको अनुमानित उत्तर दिनेहरु मध्येबाट रत्नचोक पोखराका इन्द्र गुरुङ विजेता घोषित भएका छन् । मंगलबारको खेलमा उज्बेकिस्तानको ब्याल्क बुल्स ले जित्ने अनुमान गरेका गुरुङ गोला प्रथा मार्फत विजयी घोषित भएका हुन् । उनलाई बुधबार पोखरा रंगशालामा पुरस्कृत गरिने छ ।

आज भएको चौथो तथा अन्तिम क्वाटरफाइनलमा ब्ल्याक बुल्सले थन्डरबोल्टलाई ३–० गोलले हराउँदै ब्ल्याक बुल्स सेमिफाइनलमा प्रवेश गरेको छ ।

यसअघि महेन्द्र ढुंगाना, सूर्य गुरुङ, सुझाव भण्डारी, असिम गौतम, मनिष क्षेत्री, अभिषेक देवकोटा पुरस्कृत भइसकेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।