आहा ! रारा पोखरा गोल्डकपको २५० औं ऐतिहासिक खेलमा जित निकाल्दै नेपाल पुलिस क्लव फाइनलमा


     एभरेस्ट आवाज    
     माघ ३० गते २०८१ मा प्रकाशित




पोखरा, माघ ३०

नेपाल पुलिस क्लव पोखरामा जारी आहा ! रारा पोखरा गोल्डकपको उपाधि नजिक पुगेको छ । पोखरा रंगशालामा बुधबार भएको पहिलो सेमीफाइनल खेलमा पुलिसले चर्च ब्वाईज युनाईटेड क्लवलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । पुलिसलाई फाईनलमा पु¥याउन सञ्जिव लामाले निर्णायक गोल गरे ।

पुलिसले खेलको ५८ औं मिनेटमा एकमात्र गोल ग¥यो । पुलिसका लागि सञ्जिव लामाले गोल गर्दै पुलिसलाई जित दिलाए । उनले विपक्षी टिम चर्च ब्वाईजका डिफेन्डर राज भुषालले गरेको क्लियर बल नियन्त्रणमा लिएर भलि प्रहार गर्दा जाली चुमेको हो ।

शुरुमा काउन्टर अट्याकको रणनीतिमा रहेको चर्च ब्वाईज गोल खाएपछि भने आक्रामक रुपमा प्रस्तुत भयो । निरन्तर अट्याकमा उत्रिएको चर्च ब्वाईजले गोल गर्ने थुप्रै अवसरपनि पाएको थियो तर अवसरलाई सदूपयोग गर्न नसक्दा पहिलो पटक उपाधि नजिक पुग्ने अवसर गुमायो । अर्कोतर्फ सर्बाधिक बिजेता रहेको पुलिस अग्रता लिएपछि सम्हालिएर खेल्यो । जसरीपनि गोल रोक्ने रणनीति बनाएको पुलिसले रक्षापंक्ति बलियो बनाएर चर्च ब्वाईजको गोल गर्ने अनेकौं प्रयास विफल पा¥यो ।

बुधबारको खेल आहा ! रारा पोखरा गोल्डकपको २५० औं खेल हो । सहारा क्लव पोखराले २०५८ सालमा क्याराभान गोल्डकपबाट शुरु गरेदेखि बुधबारसम्म आईपुग्दा २५० औं खेल भएको अवसरमा बलुन उडाएर सेलेब्रेसन गरिएको थियो ।

बुधबारको खेल नेपाल पुलिस क्लवको भने ५० औं खेल हो । यस दिन खेल जितेर पुलिसलेपनि आफ्नो जित अविस्मरणीय बनाएको छ ।

प्रतियोगिता अन्तर्गत अब दोश्रो सेमीफाइनल खेलमा विहीबार थ्रीस्टार र ब्ल्याक बुल्स फुटबल क्लव आमनेसामने हुनेछन् । प्रतियोगिताको फाईनल खेल फागुन ३ गते शनिबार हुनेछ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।