नेकपा माओवादी केन्द्र बागलुङ-पोखरा सम्पर्क समन्वय समितिको अध्यक्षमा शर्मा


     एभरेस्ट आवाज    
     माघ ३० गते २०८१ मा प्रकाशित




नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बागलुङ–पोखरा सम्पर्क समन्वय समितिको अध्यक्षमा कुलचन्द्र शर्मा चयन भएका छन् । समितिको पोखरामा सम्पन्न प्रथम अधिवेशनले शर्माको अध्यक्षतामा ४१ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरेको हो ।

समन्वय समितिको उपाध्यक्षहरुमा छमकुमारी बस्नेत, प्रेमबहादुर रोका, रञ्जना राई, सचिवमा कुलबहादुर बुढा (प्रेम) कोषाध्यक्षमा पवित्रा थापा र सहसचिवमा रविनकुमार विश्वकर्मा चयन भए ।

त्यस्तै, सदस्यहरुमा रिम पुन, होमनाथ शर्मा, नन्दलाल शर्मा, लक्ष्मीप्रसाद आचार्य, देवान श्रीस, काशिराम पौडेल, निरज कँडेल, विष्णु बस्नेत, कुलचन्द्र थापा खिम, जगत विक, अरबिन थापा, निर्मल श्रीस, नरेन्द्र घर्ती, चम्पा छन्त्याल, आयुष सुनार, याम अधिकारी, माया सुनार, भविकला घर्ती, टेकबहादुर घर्ती, विरेन रसाइली, नारायण श्रीपाली, उमेश घर्ती, करुणा श्रेष्ठ, कोपिला बलामी, प्रकाश मल्म, मनिष पुन, महेश घर्ती र प्रमिला विक चयन भएको नवनिर्वाचित अध्यक्ष कुलचन्द्र शर्माले जानकारी दिए ।

यसैबीच, नवनिर्वाचित समितिको बैठकले सल्लाहकारहरुमा मनबहादुर थापा, रामप्रसाद पाण्डे, निलप्रसाद श्रेष्ठ, हर्कबहादुर पाण्डे, दलबहादुर थापा, प्रा। डा। रविन्द्र श्रेष्ठ र रामबहादुर कार्कीलाई चयन गरेको उनले जानकारी दिए।
सपथग्रहण कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष शर्माले बागलुङ पोखरा सम्पर्क समन्वय समितिलाई वैचारिक, सगठनात्मक र सामाजिक हिसाबले अब्बल बनाएर माओवादी पार्टीलाई जनजन र मनमनमा बस्ने बनाउन लाग्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका केन्द्रीय सचिव तथा गण्डकी प्रदेश इन्चार्ज दिनानाथ शर्मा, कास्की इन्चार्ज नेत्रनाथ अधिकारी, बागलुङ इन्चार्ज चन्द्रबहादुर बुढा सागर, केन्द्रीय सदस्य कृष्ण केसी, प्रदेश अध्यक्ष गायत्री गुरुङलगायतले बोलेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।