पोखरा, माघ ३०
नेकपा माओवादी केन्द्र कास्कीले जनयुद्ध दिवसको दिन ‘जनयुद्ध र टिआरसी’ विषयक बिचार गोष्ठी कार्यक्रम आयोजना गर्ने भएको छ । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति कास्कीको आयोजनामा जनयुद्ध दिवसको दिन फागुन १ गते विहीबार पोखरामा बिचार गोष्ठी हुन लागेको हो । पोखराको ह्वाईट हाउस पार्टी प्यालेसमा हुने कार्यक्रममा नेकपा माओवादीका नेता तथा कानून्विद् खिमलाल देवकोटाले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति कास्कीका संयोजक विश्वप्रकाश लामिछानेले जानकारी दिए ।
उनका अनुसार कार्यक्रम पूर्वाह्न ११ः३० बजेदेखि शुरु हुनेछ । सो अवसरमा जनयुद्ध दिवसको अवसरमा शुभकामना आदानप्रदानसमेत हुने सचिव विनय थापाले जानकारी दिए ।
यसैबीच, जनयुद्ध दिवसकै अवसरमा नेपाल कम्युनिष्ट पार्टी कास्कीलेपनि शुभकामना कार्यक्रम गर्ने जनाएको छ । पोखरा–९ नयाबजारस्थित तमु सेवा समाजको भवनमा पूर्वाह्न ११ः३० बजेदेखि नै कार्यक्रम शुरु हुने जनाइएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







