डिपेन्डेन्ट भिषामा युके लैजान्छु भनी ठगी गर्ने २ जना पक्राउ


     एभरेस्ट आवाज    
     फागुन २ गते २०८१ मा प्रकाशित




पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले फेक आईडी बनाएर डिपेन्डेन्ट भिषामा युके लैजान्छु भनी ठगी गर्ने २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेपलान्चोक चौडी देउराली गाउँपालिका वडा नं. ७ स्थायी घर भई हाल जिल्ला काठमाण्डौ सोह्रखुट्टे बस्ने वर्ष १९ को मनिष भुजेल र काभ्रेपलान्चोककै भुम्लु गाउँपालिका वडा नं. ४ बस्ने वर्ष २१ को निशान पहारी रहेका छन् ।

उनीहरुले नेहा गुरुङ नामको फेसबुक आईडी बनाएर सामाजिक सञ्जाल मार्फत विभिन्न व्यक्तिलाई साथी बनाएर डिपेन्डेन्टमा युके लैजाने लगाएतका विभिन्न प्रलोभन देखाई विभिन्न प्रलोभन देखाई रु.छ लाख एक हजार नौ सय पच्पन्न ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलासा भएको जिल्ला प्रहरी कार्यलय कास्कीका सुचना अधिकारी अभिनाश दिप जिसीले बताए ।

उनका अनुसार पक्राउ परेका दुवै जनालाई कास्की जिल्ला अदालतबाट ठगी आपराधिक विश्वास घात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी मुद्दामा दिन ७ (सात) म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।