
पोखरा, फागुन २
प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगरपालिका नै सर्बोत्कृस्ट बनेको छ। पोखरा महानगर पाचौ बनेको छ ।
वित्त आयोगको मूल्याङ्कनमा पोखराले ५१.५ प्रतिशत अंक प्राप्त गरेको छ ।
६ वटा महानगरपालिकामध्ये भरतपुरले ७६.२ प्रतिशत अंक प्राप्त गर्दै लगातार तेश्रो वर्षपनि सर्वोत्कृष्ट भएको हो ।
त्यस्तै, विराटनगर महानगरले ७३ दशमलव ५ प्रतिशत अंक ल्याएर दोश्रोहुँदा ललितपुर महानगरले ६६ दशमलव ७ प्रतिशत अंक ल्याएर तेश्रो, काठमाण्डौ महानगरले ५४ दशमलव ३ प्रतिशत ल्याएर चौथो भएको छ । गत वर्षजस्तै वीरगञ्ज महानगरले ४३ दशमलव १ प्रतिशत अङ्क प्राप्त गरेर पुछारमा छ ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले विभिन्न १७ वटा सूचकहरुको आधारमा कार्यसम्पादन मूल्याङकन गर्छ । ती सूचकहरु मध्ये पालिकाले समयमै सभामा बजेट पेश गरे÷नगरेको, पारित गरे÷नगरेको, खर्च अवस्था, बेरुजु, लेखा परीक्षणले औँल्याएको बेरुजु, स्थानीय सञ्चित कोष व्यवस्था प्रणालीको प्रयोग, आवधिक योजना गरे÷नगरेको, राजस्वको विभाजन गरे÷नगरेकोलगायतका आधारमा अंकभार तोक्ने गर्छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।