फागुन २ पोखरा । पोखरामा भोलि हुने पोखरा अन्र्तराष्ट्रिय म्याराथन प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । नेपाली भूतपूर्व खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले ‘पोखरामा नियमित अन्तर्राष्ट्रिय हवाई उडानको लागि दौडौँ’ भन्ने नाराका साथ आयोजना गरेको प्रतियोगिताको सम्पूर्ण तयारी भएको हो ।
प्रतियोगितामा २१ देशका ३ हजार १ सय ७५ जना धावकहरुले प्रतिष्पर्धामा सहभागिता जनाउने आयोजक भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष दिलबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार म्याराथनमा धावक तथा रन फर फनमा दौडिनेसमेत गरेर कुल १० हजारले सहभागिता जनाउँदैछन् ।
प्रतियोगिता अन्तर्गत खुल्ला म्याराथन (४२.१९५ किमि) दौडमा २१ देशका ८० विदेशी धावकसहित १५० जना दौडिने अध्यक्ष गुरुङले जानकारी दिए । जसमा ८ जना महिलासमेत रहेको उनले बताए ।
प्रतियोगिताको हाफ म्याराथन (२१.०१९७ किमि) पुरुषतर्फ १० विदेशीसहित ११० जना र महिलातर्फ १० विदेशीसहित ४० जना दौडिने उनले जानकारी दिए । त्यस्तै, १० किमि पुरुषतर्फ ११ विदेशीसहित २११ ज्ना र महिलातर्फ ११ विदेशीसहित १०९ जना दौडिने उनले बताए ।
प्रतियोगिता अन्तर्गत ५ किमि भेट्रान्स प्रतियोगितको पुरुष र महिलातर्फ गरी ६० जना, ५ किमि छात्रतर्फ १ हजार ४७० तथा छात्रातर्फ १ हजार २५ जना गरी कूल ३ हजार १ सय ७५ जनाले सहभागिताका लागि नाम दर्ता गराईसकेको मञ्चका महासचिव केशव पाठकले जानकारी दिए ।
म्याराथनको रन फर फनमा करिव ७ हजार जना दौडिने जनाइएको छ । उनका अनुसार धावक र खेलाडी गरेर १० हजार बढी म्याथनमा दौडिनेछन् ।
१४ विभिन्न विधामा हुने ईभेन्टका लागि कुल २१ लाख ३४ हजार नगद पुरस्कार रहेको मञ्चले जनाएको छ । मुख्य ४२.१९५ किलोमिटरको खुल्ला म्याराथन प्रतियोगिताको बिजेताले ५ लाख नगदसहित मेडल र प्रमाण पत्र प्रदान गरिने जनाइएको छ ।
श्निबार विहान ७ बजे पोखरा रंगशालाबाट सुरू हुने पोखरा अन्तर्राष्ट्रिय म्याराथनको संघीय सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गर्ने जनाइएको छ । रंगशालाबाट सुरू भएको म्याराथन पोखरा नगरको विभिन्न भाग परिक्रमा गरी पोखरा ६ हल्लन चोकमा पुगेर सम्पन्न हुने पूर्व अध्यक्ष तेजबहादुर गुरूङले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







