पोखरा, फागुन ३
पोखरा भ्रमण वर्षको उद्घाटनका क्रममा बेलुन पड्किएर घाईते भएका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेललाई थप उपचारका लागि काठमाडौं किर्तीपुरस्थित बर्निङ हस्पिटल लगिएको छ । पोखराको गण्डकी मेडिकल कलेजमा सामान्य उपचारपछि उनलाई थप उपचारका लागि किर्तीपुरस्थित बर्निङ हस्पिटल लगिएको नेकपा एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिए । नियमित उडान नभएकाले उनलाई हेलिकोप्टर चार्टर गरेर काठमाडौं लगिएको उनले बताए ।
एमाले उपाध्यक्षसमेत रहेका उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेल पोखरा भ्रमण वर्षको उद्घाटनका क्रममा बेलुन पड्किदा घाईते भएका थिए । पोखरा भ्रमण वर्षको बेलुन उडाएर उद्घाटन गर्न पुगेका बेला झिरपटाकाको झिल्कोले बेलुनलाई भेटेपछि एक्कासी बेलुनको झुप्पो पड्किदा निस्केको आगोको मुस्लोले उपप्रधानमन्त्री पौडेलको अनुहार, देब्रे कानको पछाडि र हातमा पोलेको थियो ।
उनीसँगै घाईते भएका पोखरा महानगरपालिकाका प्रमुख (मेयर) धनराज आचार्यको भने पोखरामै उपचार भइरहेको छ । उनकोपनि गाला र हत्केलामा पोलेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


लमजुङ सदरमुकाम बेँसीशहरमा आगामी असोज १० गते आयोजना हुने ‘माया गुरुङ सांगीतिक…





