पोखराका मेयर धनराज आचार्यलाईपनि थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लगियो


     एभरेस्ट आवाज    
     फागुन ३ गते २०८१ मा प्रकाशित




पोखरा, फागुन ३

पोखरा भ्रमण वर्षको उद्घाटनका क्रममा बेलुन पड्किएर घाईते भएका पोखरा महानगरपालिकाका प्रमुख (मेयर) धनराज आचार्यलाईपनि थप उपचारका लागि काठमाडौं लगिएको छ । पोखराको गैह्रापाटनस्थित फिस्टेल हस्पिटलमा प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं लगिएको मेयर आचार्यको सचिवालयले जनाएको छ ।

मेयर आचार्यको थप उपचार अब काठमाडौं किर्तीपुरस्थित बर्निङ हस्पिटलमा हुने मेयर आचार्यका प्रमुख स्वकीय सचिव पूर्ण लामाले जानकारी दिए । उनले भने,‘नियमित उडान नभएकाले हेलिकोप्टरबाट मेयरसाबलाई थप उपचारका लागि काठमाडौं लगियो ।’

पोखरा भ्रमण वर्ष घोषणा कार्यक्रमको उद्घाटनका क्रममा बेलुन पड्किदा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलसँगै पोखरा महानगरपालिकाका मेयर आचार्यपनि घाईते भएका थिए । पोखरा भ्रमण वर्षको बेलुन उडाएर उद्घाटन गर्न पुगेका बेला हाईड्रोज भरिएको बेलुन पड्किदा निस्केको आगोको मुस्लोले मेयर आचार्यको गाला र हत्केलामा पोलेको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।