
पोखरा । गीताञ्जली साहित्य परिवारको नियमित रचनावाचन साधनाप्रभातको २६६ औं शृङ्खला सम्पन्न भएको छ ।
कार्यक्रमका प्रभातनायक अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकीका महासचिव असफल गौतमले सिर्जना सभ्य समाज निर्माणको आधारशीला भएकाले स्रष्टा साधक विधर्मको बाटो नहिँड्दा राज्यसत्ता र सर्जकबीचको खाडल पुरिन नसकेको बताए ।
उनले व्यापारीले साहित्यका नाममा व्यापार गर्दा बजेट विनियोजनका लागि लाखौं रुपैयाँ हुने राज्यसँग साहित्यिक संस्थाका लागि सामान्य सहयोग नहुनु दुषित मानसिकताको उपज भएको भन्दै चिन्तासमेत व्यक्त गरे ।
संस्थाका पूर्व अध्यक्ष शिवप्रसाद गौतमले साहित्य सिर्जना स्वस्थ जीवनयापनको माध्यम भएकाले गीताञ्जलीका कार्यक्रममा अनुजदेखि अग्रज पुस्ताको सहभागिताले खुसी लाग्ने गरेको बताए ।
कार्यक्रममा साहित्यकार रुद्रबहादुर थापा, ऋषिकेश बराल, नारायण बराल, बलराम तिमिल्सिना, ऋषिराम काफ्ले, विष्णुप्रसाद पराजुली, गोविन्दप्रसाद पराजुली, ढाकामोहन बराल, प्रमिला सुनार ढुण्डीराज ज्ञवाली, महेन्द्र वि.क.लगायतले रचनावाचन गरे ।
भानु भण्डारी क्षितिजको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धर्मराज पौडेल अल्पायूको स्वागत मन्तव्य रहेको थियो । कार्यक्रमको सञ्चालन सचिव नरेन्द्र रानाभाट र सहसचिव ढुण्डीराज ज्ञवालीले गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।