पोखरामा लामो समयपछि हिउँदे वर्षा


     एभरेस्ट आवाज    
     फागुन ५ गते २०८१ मा प्रकाशित




फाइल तस्विर

पोखरा । पोखरामा सोमबार हिउँदे वर्षा भएको छ । लामो समय पछि परेको पानिले हिउँदे खेतीलाई केहि राहत पुग्ने देखिन्छ ।

आज राती गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आगामी ३ दिनको मौसम पूर्वानुमान गरेको हो ।

आज दिनभर पोखराको अधिकमत १७ डिग्री सेल्सियस र न्यूनतम तापक्रम १० डिग्री सेल्सियस मापन गरिएको थियो ।
महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।