पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेश सदस्य एवम् पेशागत तथा बुद्धिजीवी विभाग प्रमुख कविता तिवारीको अध्यक्षतामा पेशागत तथा बुद्धिजीवी विभागको वैठक सम्पन्न भएको छ ।
नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यकक्षमा सोमबार भएको वैठकले “संविधान संशोधनः आवश्यकता र चुनौती” विषयक अन्तरक्रिया कार्यक्रम पोखरा–८, न्युरोडमा रहेको होटल दिपसागरमा यही फागुन १० गते गर्ने निर्णय गरेको छ ।
नेपाली कांग्रेस पेशागत तथा बुद्धिजीवी विभाग र नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसनको संयुक्त रुपमा आयोजनामा हुने उक्त कार्यक्रम नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य डा.सशांक कोइलाराको उपस्थितिमा गरिने नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पेशागत तथा बुद्धिजिवी विभाग प्रमुख डा. डिला संग्रौला पन्तले जानकारी गराइन् ।
संविधान संशोधन आजको आवश्यकता भएको हुँदा बैज्ञानिक ढंगबाट उत्कृष्ट संविधान निर्माणको लागि जनआवाजले संसदलाई थप बल पुग्ने अपेक्षा भएकोले ७ वटै प्रदेशमा अन्तरक्रिया कार्यक्रम नेपाली कांग्रेसले गर्न लागेको विभाग प्रमुख डा.संग्रौलाले बताइन् । हालसम्म ३ वटा प्रदेशबाट बुँदागत रुपमा सुझाव संकलन गरिसकेको बताउँदै अन्तरक्रिया कार्यक्रममा सुझावहरु बुँदागतरुपमा संकलन गर्ने, संविधानमा त्रुटि देखिएका बुँदाहरुलाई पुन संशोधन गर्ने गरी कार्यक्रम तय गरिएको उनले उल्लेख गरेकी थिइन् ।
विभाग प्रमुख डा.संग्रौलाका अनुसार संकलित बुँदाहरु केन्द्रीय सभापतिको रोहवरमा केन्द्रीय समितिमा छलफल हुने उनको भनाई रहेको थियो ।
त्यसैगरी नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले संविधान संशोधन आजको आवश्यकता भएको र संशोधनमा थुप्रै चुनौति भएका हुँदा वैज्ञानिक ढंगबाट त्रुटी रहित बनाउन गरिएको नेपाली कांग्रेसको नविनतम प्रयासले विशेष महत्व दिने उल्लेख गरेका थिए ।
पोखरामा हुने अन्तरक्रिया कार्यक्रममा करिब २ सय भन्दा बढी नेता, कार्यकर्ता, अधिवक्ता, नागरिक समाज, संविधान विद, विषयगत विज्ञ र नेपाली कांग्रेसको भातृ तथा शुभेच्छुक संस्थाका जिम्मेवार नेताहरुबाट संविधान संशोधनः आवश्यकता र चुनौती विषयमा आएका सुझावहरु संकलन गरिने नेपाली कांग्रेस गण्डकी प्रदेशका प्रवक्ता माधव प्रसाद बास्तोला (मधु)ले जानकारी गराए ।
नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशका अध्यक्ष जितबहादुर गुरुङ, प्रजातान्त्रिक चिकित्सक संघ गण्डकी प्रदेश उपाध्यक्ष प्रा.डा. इश्वर शर्मा कँडेल, बन प्राविधिक संघका उपाध्यक्ष निर्मला फुलारा, प्रा.डा. बेदनाथ शर्मा, प्रा.डा. रामचन्द्र पोखरेल, पवित्रा घिमिरे, सन्तोष पौडेल लगायतले आफ्नो धारणा राखेका थिए ।
नेपाली कांग्रेस गण्डकी प्रदेश सदस्य तथा विभाग प्रमुख कविता तिवारी गैह्रेको अध्यक्षतामा भएको उक्त वैठक उपप्रमुख नारायण प्रसाद पराजुलीले सञ्चालन गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, शनिबार — पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा डुबेर २४ वर्षीय नरेश…







