बेलुन पड्किदा घाईते भएका पोखराका मेयर आचार्य ५ दिनको उपचारपछि अस्पतालबाट डिस्चार्ज


     एभरेस्ट आवाज    
     फागुन ८ गते २०८१ मा प्रकाशित




पोखरा, फागुन ८

पोखरा महानगरपालिकाका प्रमुख (मेयर) धनराज आचार्य ५ दिनको उपचारपछि विहीबार अस्पतालबाट डिस्चार्ज भएका छन् । यहि फागुन ३ गते शनिबार पोखरा भ्रमण वर्ष घोषणा समारोहको उद्घाटनका समयमा हाईड्रोजन भरिएको बेलुन पड्किदा घाईते मेयर आचार्य विहीबार ५ दिनको उपचार पछि डिस्चार्ज भएका हुन् ।

मेयर आचार्यसँगै बेलुन पड्किदा घाईते भएका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल भने सोमबार नै डिस्चार्ज भएका थिए । घाइते दुवैजनाको काठमाडौंस्थित कीर्तिपुर वर्न अस्पतालमा उपचार गरिएको हो ।

मेयर आचार्यको अनुहार र हातमा जलन भएको थियो । उच्च रक्तचापको समस्याका कारण मुटुको चालमा उतारचढाव देखिएकाले मुटुरोग विशेषज्ञसँग परामर्श पश्चात मात्रै उनलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।