फागुन १० पोखरा । महिलाको अनुहारसंगै भित्री शरिरपनि स्वस्थ हुनु पर्दछ भन्ने लक्ष्यका साथ यहाँको एक व्यूटिपार्लरले पाठेघरको मुखको क्यान्सर(भीआईपी) को निशुल्क परिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
पोखरा महानगरपालिका वडा नं. १७ हिमालीटोलस्थित शिशिर व्यूटिपार्लरको आयोजना एवम् पश्चिमाञ्चल क्षेत्रीय अस्पताल नर्सिङ निरीक्षकको प्राविधिक सहयोगमा सञ्चालित कार्यक्रममा ६१ जनाको पाठेघरको मुख परिक्षण गरिएको थियो ।
शिविरमा परिक्षण गरिएका मध्ये १० जनामा समस्या देखिनुका साथै एक जनाको रिपोर्टमा पोजेटिभ देखिएपछि थप उपचारका लागि अस्पतालमा सिफारिस गरिएको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल नर्सिङ निरीक्षक पुष्पलक्ष्मी महर्जनले जानकारी दिए ।
उनका अनुसार भीआइए टेष्ट गर्दा पाठेघरको मुखमा करिव पाँच प्रतिशत एसिटिक एसिड लगाई पाठेघरको मुखमा रंग परिवर्तन भएको हेरिन्छ । यसको नतिजा तुरुन्तै पत्ता लाग्दछ र परिक्षण गर्दा दुख्दैन र शरीरमा समेत कुनै नराम्रो असर पर्दैन ।
भिआइए टेस्ट पोजेटिभ आउनु भनेको क्यान्सर हुनु हैन एचपिभिको संक्रमण हुनु हो जुन समयमा उपचार गरेमा निको हुन्छ उनले भने समयमा उपचार नगर्ने हो भने क्यान्सर हुन्छ । शिविरमा अस्पतालका नर्सिङ निरीक्षक जसमाया रिजेलले प्राविधिक सेवा पु¥याएका थिए ।
पोखरा महानगरपालिका वडा नं. १७ का वडासदस्य तारा सेवाले शिविरको उद्घाटन गर्दै पार्लरले व्यवसायसंगै महिलाको स्वास्थ्यमा समेत चासो देखाएर समाजप्रति महत्वपूर्ण योगदान गरेको बताए ।
सञ्चारकर्मी हरिप्रसाद बास्तोलाले पाठेघरको मुखको क्यान्सरको समस्या नेपाली महिलाहरु ठूलो संख्यामा पिडीत रहेको बताउँदै आप्mनो शरीरमा देखिएको समस्या चिकित्सकसंग खुलेर राख्नु पर्नेमा जोड दिए ।
अनुहारमा मात्र होईन भित्री शरीर सफा र निरोगी हुनु पर्नेमा जोड दिंदै उनले यस्ता शिविर सरकारीस्तरसंगै विभिन्न संघसंस्थाले पनि आयोजना गर्नुपर्ने आवश्यकता औल्याए ।
संस्थाका प्रोपाईटर एवम् राष्ट्रिय प्रशिक्षक दिपक गोदारको अध्यक्षतामा भएको कार्यक्रममा पार्लर सञ्चालक शिशिर गोदारले व्यवसायसंगै सात जनालाई रोजगार दिंदै आएको जानकारी दिए । २० हजार रुपैया बराबरको औषधि निःशुल्क वितरण गरिएको एक दिने शिविर सञ्चालन गर्न वइल टेन प्रोफेसनल कस्मेटिक कम्पनीले आर्थिक सहयोग रहेको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







