नेपाली काँग्रेस कास्कीका पूर्व सभापति आचार्यको निधन प्रति शोक व्यक्त


     एभरेस्ट आवाज    
     फागुन ११ गते २०८१ मा प्रकाशित




पोखरा । नेपाली काँग्रेसका पूर्व सभापति, नेपाल प्रजातन्त्र सेनानी संघ कास्कीका निवर्तमान सभापति नेपाली काँग्रेसका नेता, लीलाभक्त आचार्यको निधन प्रति नेपाली कांग्रेस कास्कीले शोक व्यक्त गरेको छ ।

कास्की कांग्रेसका सभापति किशोरदत्त बरालद्धारा हस्ताक्षर गरिएको विज्ञप्ति प्रकाशन गरि शोक वक्तव्य जारी गरिएको हो । पोखरा महानगर पालिका वडा नं १७, निवासी आचार्यको शनिवार विहान ९६ वर्षको आफ्नै निवासमा भएको निधन भएको थियो ।

विज्ञप्तिमा भनिएको छ,”प्रजातन्त्र सेनानी आचार्य जी राजनैतिक, सामाजिक र धार्मिक व्यक्तित्व हुनुहुन्थ्यो । वहाँले नेपालको प्रजातान्त्रिक आन्दोलनहरुमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ । वहाँले आफ्नो जीवनभर, लोकतन्त्र, सामाजिक न्याय र सम्वृद्ध नेपाल निर्माणका लागि महत्वपूर्ण योगदान दिनुभएको छ । समाजसेवार राजनीतिमा वहाँको नेतृत्व त्याग र ईमान्दारिता अनुकरणीय छ । समाजसेवा र राजनीतिक चेतनाको विकासमा उहाँको भूमिका सधैं स्मरणीय रहनेछ ।

वहाँको निधनवाट नेपाली काँग्रेस कास्कीको संगठनमा गम्भीर क्षति पुगेको छ । उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्दछौं । दीवंगत आत्माको चीरशान्तिको कामना सहित शोक संतप्त वहाँका ५ छोराहरु, ५ छोरीहरु र थुप्रै नातिनातिनीहरु सहित सम्पूर्ण परिवारजनहरुमा हार्दिक समवेदना व्यक्त गर्दछौं ।”


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।