फागुन ११ पोखरा । जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले सरकारले छुट्याएको विकास बजेट समयमा खर्च नहुनुको कारण माग गरेका छन् । प्रमुख पौडेलले सघ तथा प्रदेश का बिषयगत सेवाप्रबाह का कार्यलयहरुको अर्ध बार्षिक समिक्षा तथा नागरिकका जनसरोकारका विषयहरुका सन्दर्भमा आइतबार जिसस कास्कीले आयोजना गरेको अर्धवार्षिक समिक्षा एवम छलफल कार्यक्रममा सो प्रश्न गरेका हुन् ।
उनले सरकारी कार्यालयहरूको पुजिगत खर्चको अवस्था ज्यादै चिन्ताजनक देखिएको भन्दै तत्काल कमिकमजोरी सच्याउन आग्रह गरे । प्रमुख पौडेलले आर्थिक वर्षको बाँकी अवधि उल्लेखनीय बनाउन आग्रह गर्दै योजना अनुसारको खर्च नहुदा बिकास निर्माण र सेवा प्रबाहको अबस्था प्रभावित हुने उल्लेख गरे । उनले सम्पूर्ण कार्यालयहरूले पुजिगत खर्च बढाउने आबश्यक सम्पूर्ण काम पूरा गर्न कास्कीका कार्यालयहरूलाइ निर्देशन दिए ।
कार्यक्रमका सहभागिहरुले अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा सहभागि गराउन ,डेङुको रोकथामको अभियान समयमै चलाउनु पर्ने ,सिंचाइमा बढी जोड दिनु पर्ने र बाँझो जग्गालाई सदुपयोग गर्नुपर्ने, किसानहरुले पोटास मलको प्रयोग बढाउने, रैथाने बाली संरक्षण र प्रोत्साहन गर्ने, महिला उद्यमीहरुलाई प्रोत्साहन गर्नुपर्ने, एउटा व्यक्ति लाई दोहोरो अनुदान दिन रोक्नुपर्ने, कृषि तथा पशु बिज्ञ केन्द्र बाट दिईने सुचना तल्लो तह वडा सम्म पुग्नुपर्ने, डिभिजन वन कार्यलयसंग समन्वय गरि वनजङ्गलका पात पतिङरलाई जैविक मल बनाउने जस्ता कार्यमा अनुदान दिनुपर्ने, विषादीको लाइसेन्स को लागि प्रदेशले कानुन बनाउनु पर्ने विषयमा जोड दिएका थिए । माटो परिक्षण को लागि तालिका बनाई स्थानीय तहमा नै पुगी परिक्षण गर्नुपर्ने, नागरिक का घर घरमा खानेपानी आपूर्ति नियमित हुनुपर्ने, सामुदायिक वनको जग्गा समुदायको हितमा प्रयोग गर्नु पर्ने जस्ता विषयहरु उठाएका थिए ।
कार्यक्रममा सामाजिक सुरक्षाकोष, प्रदेश जनस्वास्थ्य कार्यलय, कृषि ज्ञानकेन्द्र प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यन्वयन ईकाई, शिक्षा बिकास तथा समन्वय ईकाई, पर्यटन तथा उद्योग कार्यालय, भेटनरी अस्पताल, तथा पशुविज्ञ केन्द्र ,गण्डकी आयुर्वेद अस्पताल, श्रम तथा रोजगार कार्यलय, डिभिजन वन कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उप– प्रमुख सरिता माल र सहजीकरण जिल्ला समन्वय अधिकारी नवराज बरालले गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले उपसभापति पदमा…







