फाइलत तस्विर
फागुन ११ पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संविधानलाई समयानुकूल संशोधन गर्नुपर्नेमा जोड दिएका छन् ।
नेपाल प्रेस युनियन गण्डकी प्रदेशद्वारा आज पोखरामा आयोजित अग्रज पत्रकार किशोर नेपालद्वारा लिखित ‘नेपालका निधि’ नामक पुस्तकको लोकार्पण गर्दै उहाँले संविधान सहमतिको दस्तावेज भएकाले सबै राजनीतिक पार्टी एकै ठाउँमा बसेर सहमतिका आधारमा संविधान संशोधन गर्न आवश्यक रहेको बताए । मुख्यमन्त्री पाण्डेले प्रदेश सरकार लोकप्रिय हुन नसक्नुमा पनि कानुनहरू नै बाधक रहेको जिकिर गरे ।
नेपाली कांग्रेसका नेता महेन्द्रनारायण निधिबारे लेखिएको यो पुस्तकले राजनीतिक इतिहासलाई उजागर गरेको र निधि इमान्दार तथा निष्ठाको राजनीति गर्ने व्यक्ति भएकाले उहाँको योगदान पार्टीमा महत्वपूर्ण रहेको बताए ।
कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले प्रजातान्त्रिक आन्दोलनमा महेन्द्रनारायण निधिले पु¥याएको योगदानलाई भुल्न नसकिने बताए । उनले निष्ठाको राजनीति मात्र नभई सरल स्वभावका धनि भएकाले पनि लोकप्रिय रहेका बताए ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कास्कीका संयोजक विश्वप्रकाश लामिछानेले निधिजस्तोे सरल स्वभाव र निष्पक्षता सबै राजनीतिज्ञमा हुनुपर्ने धारणा राखे ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा ३, नदीपुरमा भिसी मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा कक्षा ११…





