बानियाको ‘ठक्कर’ सार्वजनिक


     एभरेस्ट आवाज    
     फागुन १६ गते २०८१ मा प्रकाशित




पोखरेली गायक विनोद बानियाले ठक्कर गीत सार्वजनिक भएको छ । बानियाको स्वर र संगीतमा निर्माण गरिएको ठक्कर गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको हो । आफ्ना पुराना मित्र गीतकार तथा चलचित्र निर्माता अविरल थापाको रचनामा बनेको यो गीतको म्यूजिक भिडियोमा नायक राजबल्लभ कोईरालालगायतको अभिनय छ । गीत युट्युब च्यानल अवेकन प्रोडक्सनबाट सार्वजनिक गरिएको गायक बिनोद बानियाले जानकारी दिए ।

सानो संसार चलचित्रका निर्देशक सिद्धार्थ पुडासैनीले निर्देशन गरेको भिडियो आकर्षक बनेको छ । समाजमा बढ्दै गएको चरम निराशा, डिप्रेसन, हत्या र आत्महत्यालाई निरुत्साहित गर्दै गीतसङ्गीतको माध्यमबाट आशाको धुन सञ्चार गराई मानसिक स्वास्थ्य कायम राख्ने उद्धेश्यले गीत, संगीत र म्यूजिक भिडियो तयार पारिएको बानियाले बताए ।

२०५७ सालमा माया देखायौ कति सजिलै’ बोलको गीतबाट सांगीतिक आकाशमा उदाएका बानिया पोखरामा रहेर निरन्तर रुपमा साँगीतिक क्षेत्रमा क्रियाशील छन् ।

तीनजना मित्रको पुर्नमिलन भएर निर्माण गरिए भएकोमा उत्साहित उनीहरू यो उत्प्रेरणामुलक गीतले दर्शक श्रोताको मन जित्नेमा आशावादी छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।