तनहुँ । लोक कवि अलि मियाँको १०७ औँ जन्मजयन्तीको अवसरमा राधाकृष्ण सांस्कृतिक समुहलाई सम्मान गरिएको छ । कास्कीको लामेआहालमा रहेको सांस्कृतिक समुहले लोक भजन संरक्षण तथा विकासमा पु¥याएको योगदान स्वरुप अलि मियाँ लोकवाङ्मय प्रतिष्ठानले सम्मान गरेको हो ।
पोखरा महानगरपालिका ३२ लामेआहालमा रहेको राधा कृष्ण मन्दिर परिसरमा आयोजना गरिएको कार्यक्रम मार्फत समुहलाई नगद २० हजार, सम्मान पत्र र दोसल्ला सहित प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँले सम्मान गरे ।
धार्मिक एकतालाई कायम गर्नुपर्छ भन्ने मान्यता राख्नुभएका कवि मियाँको जन्मोेत्सव मनाउने क्रममा विहीबार पोखरा स्थित भानु पार्कमा बृक्षरोपणसहित स्रष्टा सम्मान गरेको प्रतिष्ठानले शुक्रबार सांस्कृतिक समुहलाई सम्मान गरेको अध्यक्ष मियाँले जानकारी दिए । उनका अनुसार प्रतिष्ठानले प्रत्येक बर्ष संस्कृति संरक्षणमा योगदान पु¥याउने स्रष्टा÷संस्थालाई राष्ट्रिय र क्षेत्रीय स्तरको सम्मान प्रदान गर्दै आएको छ ।
समुहलाई सम्मान गर्दै प्रा.डा. कुश्माखर न्यौपाने, नेपाल संगित तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी पूर्व परिषद् सदस्य प्राज्ञ हरिदेवि कोइराला, पोखरा प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति पद्मराज ढकाल, स्वतन्त्र पत्रकार संघ नेपालका अध्यक्ष कृष्णप्रसाद बास्तोला, पाल्पा साहित्य समाज पाल्पाका अध्यक्ष पुष्कर रेग्मी लगायतले भजनमा राधाकृष्ण सास्कृति समुहले महत्वपूर्ण योगदान पु¥याएको दावि गरे । उनीहरुले भजनप्रति नयाँ पुस्तालाई आकर्षित गर्दै संस्कृति संरक्षणमा भूमिका खेलेको समुहलाई नेपाली भजनको माध्यमबाट विश्वबजारमा संगित चिनाउने गरि लाग्ने आग्रह गरे ।
सम्मानपश्चात बोल्दै सास्कृति समुहका अध्यक्ष सञ्जयराज ढकालले लोक कवि अलि मियाँका नामबाट प्राप्त सम्मानले समुहलाई थप जिम्मेवार बनाएको बताए । ढकालले लोक कवि मियाँले नेपाली लोक साहित्य र संगितको क्षेत्रमा पु¥याएको योगदानका चर्चा गर्दै संस्कृति संरक्षणका कार्यक्रमहरुलाई निरन्तरा दिने प्रतिवद्धता ब्यक्त गरे ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







