यात्रा र पर्यटन साहित्य सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन पोखरामा सम्पन्न

- ६ देशका ४६ जना शोधकर्ताद्वारा कार्यपत्र प्रस्तुत


     एभरेस्ट आवाज    
     फागुन १८ गते २०८१ मा प्रकाशित




पोखरा, फागुन १८

यात्रा र पर्यटन सम्बन्धी अन्र्तराष्ट्रिय सम्मेलन पोखरामा सम्पन्न भएको छ । पोखरा विश्वविद्यालयको मानविकी तथा सामाजिक शास्त्र संकाय र लिटेररी एसोसियसन अफ नेपालको संयुक्त आयोजनामा यात्रा र पर्यटन विषयक ४५औं अन्तर्राष्ट्रिय सम्मेलन पोखराको लेकसाईडमा आयोजना गरिएको हो । सम्मेलनमा विश्वका ६ देशका ४६ जना प्रमुख शोधकर्ताहरूले कार्यपत्र प्रस्तुत गरे ।

दुई दिनसम्म भएको सम्मेलनका विविध शत्रहरूमा यात्रा र पर्यटन साहित्यका क्षेत्रमा भएका विभिन्न पहलहरूको चर्चा गरिएको छ ।

सम्मेलनको उद्घाटन शत्रलाई सम्बोधन गर्दै गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा.कृष्णचन्द्र देवकोटाले पर्यटकीय नगरी पोखरामा भएको सम्मेलनले नेपालको पर्यटनको महत्व दर्शाएको बताए । उनले साहित्य र पर्यटनको सन्देश फैलाउनको लागि यस्ता सम्मेलनहरू आयोजना भइरहनुपर्ने बताए । उनले नेपाली साहित्यको अन्तर्राष्ट्रियस्तरमा पहिचान दिलाउनसमेत कार्यक्रमले मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

उद्घाटन शत्रको अध्यक्षता पोखरा विश्वविद्यालयका मानविकी र समाजिक शास्त्र संकायका डीन सह–प्राध्यापक डा.अजय थापाले गरेका थिए । उनले यात्रा र पर्यटन सम्बन्धी अन्र्तराष्ट्रिय सम्मेलनले पोखरामा मात्र नभई समग्र नेपालको पर्यटन र साहित्य क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे ।

सम्मेलनमा प्रमुख वक्ताका रूपमा बंगलादेशको इन्डिपेन्डेन्ट विश्वविद्यालयका प्राध्यापक डा. अहमद अहसानुज्जमान थिए । कार्यक्रममा सूदुर पस्चिम विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. डा. अमरराज जोशी र लिटेररी एसोसियसन अफ नेपालका संरक्षक प्रा. डा. श्रीधरप्रसाद लोहनीको विशेष उपस्थितिमा सम्मेलन सम्पन्न भएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।