किसानलाई अनुदानमा मौरीसहितका घार वितरण


     एभरेस्ट आवाज    
     फागुन १९ गते २०८१ मा प्रकाशित




गलकोट । किसानलालाई आयआर्जनमा सघाउन बागलुङ नगरपालिकाले आफ्नो कार्यक्षेत्रका ५८ किसानलाई अनुदानमा मौरीसहितका घार वितरण गरेको छ । किसानलाई ५० प्रतिशत अनुदानमा घार वितरण गरिएको हो ।

नगरपालिकाले किसानसँगको सहलगानीमा रु। सात हजार ७०० मा मौरीसहितको घार खरिद गरेर वितरण गरेको बागलुङ नगरपालिकाका नगरउपप्रमुख राजु खड्काले जानकारी दिए ।

“मौरीपालनमार्फत आय आर्जन बढाउन नगरपालिकाले अनुदान दिएको हो”, उनले भने । नगरपालिका र ५८ किसानको रु। चार लाख ४६ हजार लागतमा मौरीसहितका घार वितरण गरिएको उनले बताए। विगतमा पनि नगरपालिकाले थ्रेसर, मिनि टिलर हलो र मौरीका घार वितरण गरेको थियो ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।