पोखरा, फागुन २१
पोखरा महानगरपालिका दोश्रो अन्तर क्लव पुरुष टि–२० क्रिकेट प्रतियोगिता २०८१ अन्तर्गत बुधबार भएको खेलमा लेखनाथ क्रिकेट क्लव बिजयी भएको छ । लेखनाथले लेकसाईड क्रिकेट क्लवलाई २८ रनले पराजित गर्दै प्रतियोगितामा बिजयी शुरुवात गरेको हो ।
लेकसाईड क्रिकेट क्लवले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको लेखनाथ क्रिकेट क्लवले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६४ रन बनाएको थियो । लेखनाथका लागि सचिन पौडेलले २३ बलमा सर्वाधिक ३४ रन र साहिल पौडेलले १६ बलमा २६ रनको योगदान दिए । लेकसाईडका रबि गुरुङ र केशव सुनारले समान २÷२ विकेट लिएपनि लेखनाथलाई दवाबमा राख्न असफल भए ।
१६५ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको लेकसाईड निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३६ रनमा सिमित भएपछि पराजय बेहो¥यो । लेकसाइडका लागि निजामुद्दिन शेखले ४० बलमा ३२ रन र चन्दन पेलाले २४ बलमा २३ रनको योगदान दिएपनि हार टार्न सकेनन् । लेकसाईडलाई सस्तैमा समेट्न लेखनाथका दीपक बराल र विशाल पौडेलले समान २÷२ विकेट लिए ।
बुधबारको खेलमा बिजयी टिम लेखनाथका दीपक बराल म्यान अफ दी म्याच घोषित भए ।
प्रतियोगिता अन्तर्गत विहीबारको पहिलो खेल गण्डकी क्रिकेट क्लव र कास्की क्रिकेट क्लव तथा दोश्रो खेल राईजिङ क्रिकेट क्लव र सांग्रीला क्रिकेट क्लवबीच हुने आयोजक पोखरा महानगरपालिका क्रिकेट संघका अध्यक्ष बिरेन्द्र पुनले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा। नेपाली कांग्रेस नेतृ हस्तमाया नेपालीको निधन भएको छ। केही वर्षदेखि क्यान्सर…







