फागुन २३ पोखरा । पोखरा महानगरपालिका वडानम्बर १४ मा जारी वडाअध्यक्ष कप अन्तर वडास्तरीय पुरुष भलिबल प्रतियोगिता अन्र्तगत सेमिफाइनलका पुग्ने टिमको टुंगो लागेको छ । मनोहर युवा क्लवको खेलमैदानमा जारीे प्रतियोगितामा शुक्रबार भएका खेलबाट वडानम्बर २३, १९, १६ र २१ सेमिफाइनलमा प्रवेश गरेका छन् ।
सेमिफाइनलमा वडा नम्बर २३ ले वडा नम्बर १९ को सामना गर्ने छ, भने वडा नम्बर १६ ले २१ को सामना गर्ने छ ।
वडा नम्बर २१ ले वाकओभर दिँदा २३ स्वतः सेमिफाइनलमा पुगेको हो । यस्तै अर्को खेलमा वडा नम्बर २१ ले जित निकाल्यो । वडा नम्बर २१ को (दोस्रो) टिमले ले वडा नम्बर २८ लाइ ३–० को सोझो सेटमा पछी पार्दै खेल जितेको हो । वडा नम्बर १९ ले वडा नम्बर १३ लाख ३–० को सोझो सेटमा सहज जित निकाल्दै सेमिफाइनल प्रवेश गर्यो । वडा नम्बर १६ ले १५ लाई ३–१ को सेटमा पराजित गदै समिफाइनलमा पुगेको हो ।
प्रतियोगिता अन्र्तगत शनिबार सेमिफाइनल र फाइनल खेल हुने प्रतियोगिताका प्रचारप्रसार संयोजक रामजी जिसीले जानकारी दिए । तेस्रो स्थानका लगि पनि भोलिनै खेल खेलाइने छ ।
प्रतियोगितामा पोखरा महानगरपालिका अन्र्तगतका १३ टिमको सहभागिता रहेको छ ।
प्रतियोगिता विजेताले १ लाख १ हजार ४१४, उपविजेताले ५५ हजार १४, तेस्रो हुनेले २५ हजार १४ र सान्त्वना हुने वडाले १५ हजार १४ रुपैया पुरस्कार पाउने छन् ।
त्यस्तै विधागत तर्फ ५ खेलाडीलाइ पुरस्कृत गरिनेछ । सर्वोत्कृष्ट खेलाडीले ७ हजार १४ पुरस्कार पाउने छन् भने उत्कृष्ट ४ खेलाडी जनही ५ हजारका दरले पुरस्कृत हुनेछन् ।
पोखरा महानगरपालिका वडा नम्बर १४ को आयोजना खेलकुद विकास समिति वडानम्बर १४ को व्यवस्थापन र मनोहर युवा क्लबको सहकार्यमा प्रतियोगिता आयोजना गरिएको हो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







