बिमा रकमको लोभले आफ्नै पसलमा आगो लगाउने पोखराका एक व्यवसायी पक्राउ


     एभरेस्ट आवाज    
     फागुन २५ गते २०८१ मा प्रकाशित




पोखरा, फागुन २५

बिमा रकमको लोभले आफ्नै पसलमा आगो लगाउने पोखराका एक व्यवसायी पक्राउ परेका छन् । शिखर ईन्स्योरेन्समा गरेको एक करोड बिमा पाउने लोभमा पोखरा न्यूरोडस्थित शर्मा आईटी हबमा आगो लगाउने सो पसलका सञ्चालक रमेश शर्मा लोहारलाई कास्की प्रहरीले पक्राउ गरेको हो ।

पर्सा जगरनाथपुर स्थायी घर भई पोखरा २७ तालचोकमा बस्दै आएका लोहारले बिमा बापतको रकम हत्याउने उद्देश्यले यहि फागुन १६ गते साँझ ७ः५ बजेको समयमा पसलमा आगो लगाएको खुलेको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामकुमार ओलीयाले जानकारी दिए ।

लोहारले मोवाइल चार्जमा राखेका बेला पड्किएको दाबी गर्दै प्रहरीमा निवेदन दिएका थिए । घटनामा ९४ लाखको क्षेती भएको उनको दाबी थियो । घटनालगत्तै उनले शिखर ईन्स्योरेन्समापनि बिमा दाबी गर्दै निवेदन दिएको पाइएको एसपी ओलीयाले बताए ।

तर अनुसन्धानका क्रममा लोहार आफैले बिमा रकम लिने दुषित मनसायले आफ्नै पसलमा प्रवेश गरी आगो लगाएको खुलेको कास्की प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए । उनलाई आपराधिक प्रवेश तथा आपराधिक उपद्रव सम्बन्धी कसूरमा अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको उनले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।