
हङकङ । गैरआवासीय नेपाली संघ (एनआरएन) हङकङ महिला विभाग र नेपाली महिला संघ हङकङद्वारा संयुक्त रूपमा आयोजित ११५औं अन्तर्राष्ट्रिय महिला दिवस स्थानीय मङकोकको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रम नेपाली महिला संघ हङकङकी अध्यक्ष एवं एनआरएनए आईसीसी महिला सचिव राधिका गुरुङ ‘टिका’को अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा नेपाली समुदायका विभिन्न संघसंस्थाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
गण्डकी प्रदेश सांसद सरस्वती गुरुङ प्रमुख अतिथि रहेको कार्यक्रममा एनआरएनए हङकङ महिला विभागकी संयोजक कविता गुरुङले स्वागत मन्तब्य राखेकि थिइन्। कार्यक्रममा एनआरएनए हङकङका अध्यक्ष गोकर्ण ढकालले महिलाहरूको सफलता पुरुषहरूको समर्थनमा निर्भर हुने बताए। उनले समाजमा महिला र पुरुष समान रूपमा अघि बढ्नुपर्नेमा जोड दिए।
कार्यक्रममा स्थानीय कलाकारहरू सरला तामाङ, पवित्रा राई, रोशा लिम्बु लगायतले राष्ट्रप्रेम झल्कने गीतहरू प्रस्तुत गरेका थिए। विशेषगरी “नेपाली हामी” गीतको प्रस्तुति अत्यन्त रोचक रहेको थियो, जसले उपस्थित दर्शकहरूलाई भावुक बनायो।
कार्यक्रममा एनआरएनए हङकङका महासचिव अनु राई, जिल्ला परिषद् सदस्य अरुणा गुरुङ लगायतका वक्ताहरूले आधुनिक विज्ञान र प्रविधिको युगमा पनि महिलाको अवस्था सुधार नहुँदा चिन्ता व्यक्त गरे। हङकङका लागि भारतीय काउन्सिलर सुरभी गोयल र नेपाली काबा काउन्सिलर सतिश गुरुङले पनि कार्यक्रममा विशेष उपस्थिति जनाएका थिए।
समाजसेवामा योगदान दिएबापत पहिलो नेपाली याउ चि जिल्लाका सदस्य अरुण गुरुङ र समाजसेवी पुष्पा गुरुङ ९गुरुआमा० लाई विशेष रूपमा अभिनन्दन गरिएको थियो।
त्यस्तै सामाजिक क्षेत्रमा योगदान पुर्याउने महिलाहरू मध्ये फियानो हङकङकी अध्यक्ष कल्पना चाम्लिङ राई, तामाङ घेदुङ संघकी अध्यक्ष अनिता तामाङ, पुन मगर समाजकी अध्यक्ष गोमा पुन, लाघाली समाज हङकङका अध्यक्ष निगम थापा र तमु टो ह्युला हङकङकी महिला संयोजक भक्ति गुरुङलाई सम्मान गरिएको थियो।
व्यवसायिक क्षेत्रमा योगदान पुर्याएका चुलो रेष्टुरेन्टकी सञ्चालक पर्वती गुरुङ र बुद्ध लन्च चकलेटकी प्रोपाइटर गीता क्षेत्रीलाई सम्मान गरियो।
खेलकुद क्षेत्रमा विशेष योगदान दिएका तेक्वान्दो डन(२ पदवी प्राप्त टप माउन्टेनकी करुणा प्रधानलाई पनि सम्मान गरिएको थियो।
कार्यक्रममा संयुक्त जुम्बा टिमकी सुकु लिम्बु र ससाना बालबालिकाहरूको आकर्षक नृत्य प्रस्तुति रहेको थियो। नेपालबाट गएका गण्डकी प्रदेश सांसद सरस्वती गुरुङ र अग्रज पत्रकार राजबहादुर गुरुङलाई पनि सम्मान गरिएको थियो।




सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।