
पोखरा । पोखरा १४ चाउथे तल्लो शान्ति टोल विकास संस्थामा आवद्ध सुकुम्बासी बस्तीमा कानुनी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
मंगलबार भएको कानुनी सचेतनामा कानुनका विद्यार्थी सविना अधिकारीले भूमि सम्वन्धी संविधानले दिएको अधिकार तथा समग्र विषयमा प्रशिक्षण दिएकी थिइन् । संस्थाकी कर्मचारी रुपा राईले सञ्चालन गरेको तालिम सामूदायिक सेवा केन्द्रका अध्यक्ष शिवराज अधिकारीको अध्यक्षतामा भएको थियो ।
भूमिहिन तथा आवास बिहीन व्यक्तिहरुका लागि १ दिने कानुनी सचेतना कार्यक्रम आयोजना गरेर संस्थाले सामाजिक उत्तरदायित्व वहन गरेको जनाएको छ ।
सामूदायिक विकास केन्द्र नेपाल पोखरा ६ ले आयोजना गरेको कार्यक्रममा भूमिहिन नागरिकलाई आवश्यक सेवा सुविधा उपलव्ध गराउन सामूदायिक सेवा केन्द्रले पहल गरिरहेको जनाएको छ । करिव ३० जना अगुवा नागरिक सहभागी तालिममा समुन्नत समाज निर्माणमा सवैको भूमिका समान हुने केन्द्रका सदस्य केदार धमलाले जानकारी दिएका थिए । प्रशिक्षण दिँदै धमलाले स्वास्थ्य बीमा कार्यक्रममा सहभागिता जनाएर स्वास्थ्य सचेतनालाई प्राथमिकता दिन आग्रह गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।