पोखरा, २०८१ फागुन १२
पोखरा । अन्तत: लामो पर्खाई, अन्यौलता र प्रयास पछि पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु हुने भएको छ । पोखरा पर्यटन परिषद र चिनिया दुतावासका अनुसार चैत्र ५ गते बिहान १० बजे एक सय २७ जना चिनियाँ पर्यटक लिएर सिचुवान एअरलाईन्सको विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने र सोही दिन मध्यान्ह १२ बजे एक सय २७ जना नै पर्यटन व्यवसायीहरू चीनको छेन्दु प्रस्थान गर्ने बताइएको छ ।
पहिलो चार्टर उडानमा पोखरा महानगरपालिकाका प्रमुख, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख, पोखरा भ्रमण वर्ष २०२५ कार्य सम्पादन समितिका संयोजक, पोखरा पर्यटन परिषद्का अध्यक्ष तथा विभिन्न पर्यटन संघ संस्थाका प्रतिनिधिहरू सहभागी हुनेछन्।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको दुई वर्ष पूरा भइसके पनि अहिलेसम्म नियमित अन्तर्राष्ट्रिय उडान हुन नसक्दा पर्यटन व्यवसायी, स्थानीय बासिन्दा तथा समग्र गण्डकी प्रदेशले अपेक्षित लाभ उठाउन सकेका थिएनन् । लामो समयदेखिको माग पूरा गर्न निजी क्षेत्रको पहलमा पोखरा पर्यटन परिषद्को नेतृत्वमा नेपालस्थित चिनियाँ राजदूतावास तथा सिचुवान एअरलाईन्सको सहकार्यमा पोखरा – छेन्दु अन्तर्राष्ट्रिय उडान सुरु गरिने भएको पोखरामा बुधबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिइयो ।
चीनको सिचुवान प्रान्तका पर्यटकलाई पोखरा भित्र्याउने उद्देश्यसहित प्रारम्भिक तीन महिनामा करिब १,२५० चिनियाँ पर्यटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमार्फत ल्याउने लक्ष्य राखिएको पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले बताए । सुरुमा व्यवसायिक चार्टर उडान सञ्चालन गरिनेछ भने दीर्घकालीन रूपमा यसलाई नियमित उडानमा परिणत गर्ने योजना रहेको पहारीको भनाई छ । चिनियाँ दूतावास, सिचुवान एअरलाईन्स तथा चाइना ट्राभल इन्टरनेशनल छेन्दुले सुरुवाती उडानहरूमा सहकार्य गरिरहेका छन्।
पहिलो अन्तर्राष्ट्रिय नियमित उडानका नेपाली टोलीले सात रात आठ दिन चीन भ्रमण गर्नेछ, जसमा छेन्दु, लुझोउ, इमि, लिसन र छोङछिङका पर्यटन पूर्वाधार, व्यवस्थापन तथा आपसी सहकार्यबारे अध्ययन गर्ने नेपाल पर्टन बोर्ड पोखरा प्रमुख मणिराज लामिछानेले जानकारी दिए । नेपाल पर्यटन बोर्ड तथा नेपाली महावाणिज्य दूतावास छेन्दुको सहकार्यमा मार्च १९ मा छेन्दु र मार्च २२ मा छोङछिङमा नेपाल पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गरिने उनले बताए । सोहि अवसरमा पोखरा महानगरपालिकाका प्रमुखको नेतृत्वमा लुझोउ शहरका उच्च पदस्थ अधिकारीहरूसँग भेटघाट तथा छलफल गरिनेछ।
पत्रकार भेटघाट कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा अन्तर्राष्ट्रिय बिमानस्थललाई शुरुमा क्षेत्रीय भनिए पनि पछि सच्याई पोखरा अन्तर्राष्ट्रिय बिमानस्थल भनिएकोले सबैले यसैलाई प्रयोग गर्नु पर्नेमा जोड दिए ।
पहिले दिउसो २.३० बजे पछि फ्लाइट नहुने परिश्थितिमा अहिले रातीसम्म फूल फेजमा संचालन हुनु पनि यस एअरपोर्टको फाइदा हो । प्रोभिन्स टु प्रोभिन्स (सिचुवानसंग) सम्बन्ध बिस्तार किन गर्नु हुन्न भन्ने बारम्बार सोधिने प्रश्नको चुनौतिलाई आत्मसात् गर्दै यो फ्लाइट सम्भब भएको उनले डबताए ।
प्रमुख आचार्यले ७ रात ८ दिनको प्याकेज १ लाख २३ हजारमा तय भएको पनि बताए । यो कमर्सियल फ्लाइट भएकोले सबैले ब्यक्तिगत खर्चमा जान लागेको आचार्यले जानकारी दिए । पहिलो फ्लाइटलाई महत्व दिदै पर्यटनकालागि मात्र नभई २ नगर बिच छलफल गरि सम्बन्ध सुदृढिकरणकालागि पनि आफ्नो नेतृत्वमा
पहिलो चरणको फ्लाइटमा पर्यटन सम्बद्द व्यबसायीहरु
दोसो हप्ताको फ्लाइटमा उद्योग बाणिज्य संघका प्रतिनिधि र तेस्रो फ्लाइटमा बिभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि सहभागि हुने उनले बताए । उनले मिडियाकर्मिकालागि ५० प्रतिशत कन्ट्रिब्युसनमा जान सक्ने वातावरण पोखरा महानगर र गण्डकी प्रदेश सरकारले बनाएको बताए । हरेक शुरुआत कठिन नै हुने बताउदै आचार्यले यो प्रयासको सकारात्मक अर्थ रहेको दाबी गरे । प्रमुख आचार्यले यस सहजिकरणकालागि चिनिया दुतावासप्रति आभार ब्यक्त गरे ।
चिनिया दुतावासका काउन्सिलर वाङ शिले पोखरा अन्तर्राष्ट्रिय बिमानस्थलबाट पहिलो नियमित उडान सिचुवान एअरलाइन्सले गर्न लागेकौ घोषणा गर्दै यसकालागि पोखरेली बधाई ज्ञापन गरे । काउन्सिलर वाङले यसलाई दिरघकालिन रुपमा निरन्तरता दिन पोखरा महानगरपालिका, पोखरा पर्यटन परिषद र पर्यटन सम्बद्द संघ संस्थाको महत्वपूर्ण भूमिका रहने बताए । सिचुवान एअरलाइन्सको यस प्रयासले पोखराको पर्यटन गतिबिधि र प्रबर्द्दनमा महत्वपूर्ण टेवा पुग्ने उनको दावी थियो ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई प्रभावकारी रूपमा सञ्चालन गर्दै गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धन गर्न पोखरा – छेन्दु उडान महत्त्वपूर्ण हुने पर्यटन व्यवसायीहरूको विश्वास छ। पोखरा पर्यटन परिषद्ले यस उडानलाई नियमित गर्न नेपाल सरकार, पर्यटन बोर्ड, स्थानीय निकाय तथा निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेकोमा पोखरा भ्रमण बर्ष २०२५ का कार्यक्रम कार्यान्वयन समितिका संयोजक गोपिबहादुर भट्टराईले जोड दिए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन तथा थप अन्तर्राष्ट्रिय उडानहरू सुनिश्चित गर्न सम्बन्धित सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको परिषद्ले पनि जनाएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







