पोखरामा पर्यटकलेपनि मनाए होली, विभिन्न संघसंस्थाद्वारा शुभकामना आदानप्रदानसँगै सांगीतिक कार्यक्रम आयोजना


     एभरेस्ट आवाज    
     फागुन २९ गते २०८१ मा प्रकाशित




फाइल तस्विर

रंगहरुको पर्व होलीमा पर्यटकपनि रमाएका छन् । नेपालीले मनाउने रंगहरुको पर्व होलीमा पोखरा घुम्न आएका पर्यटकहरुपनि रमाएका हुन् ।

यूके, अमेरिका, अष्ट्रेलिया, चीन, भारतबाट आएका पर्यटकहरु आपसमा रंग दलेर ‘ह्याप्पी होली’ भन्दै नेपालीसँगै रमाए । उनीहरु नेपालीले आयोजना गरेको होली कार्यक्रम, कन्सर्टलगायतमा सहभागिहुँदै सांगीतिक माहोलमा झुमेकोसमेत देखिए ।

होलीको अवसरमा रेष्टुरेण्ट एण्ड बार एशोसियसन ९रेवान० पोखराले शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । लेकसाईडको अम्बोटबाट शुरु भएको रेवानको होली कार्यक्रम हल्लनचोकस्थित क्याम्पिङचौरमा पुगेर सकिएको थियो ।

पोखरा सांगीतिक कलाकार संघले पोखराको आयोजनामा लेकसाईडस्थित डिहिकोपाटनमा होली म्यूजिक फेष्ट भव्य रुपमा सम्पन्न भयो । सो कार्यक्रममा पोखरा तथा काठमाडौंका विभिन्न चर्चित डिजेहरुले डिजेईङ गरेर पर्यटकहरुलाई नचाए । कार्यक्रममा देउराली व्याण्डका आनन्दराज बज्राचार्यलेपनि प्रस्तुती दिए । उनको प्रस्तुतीमा दर्शकहरु झुमेका थिए । त्यसबाहेक लेकसाईडको सेन्टर प्वाईन्ट, कोमागाने पार्क लगायत पोखराका विभिन्न ठाउँमा होली उत्सव कार्यक्रम भए । पोखरा कोमागाने पार्कमा आयोजित कार्यक्रममा दर्शकहरुको भीड नै लागेको थियो ।

पोखरामा ओम शान्ति, नेपाल पत्रकार महासंघ कास्की, नेवा खल कास्कीलगायतले संस्थागत रुपमा सामुहिक फागु पूर्णिमा र होली मनाए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।