सुर्य तारा कपको फाईनलमा आयोजक र गन्नी एफसी भड्ने


     एभरेस्ट आवाज    
     फागुन २९ गते २०८१ मा प्रकाशित




पोखरा । कास्कीको लेखनाथमा जारी दोस्रो सुर्य तारा खेल महोत्सव अन्तरगतको फुटवल प्रतियोगितामा गन्नी एफसी फुटबल क्लव पोखरा र आयोजकको टिम फाईनलमा प्रवेश गरेका छन् ।

सूर्य तारा क्लब र नेपाल खेलकुद महासंघ गण्डकीको संयूक्त आयोजनामा शनिबारदेखि पोखरा–२९ स्थित प्रस्तावित लेखनाथ रंगशालामा विहीबार भएको खेलमा गन्नी एप्सी फुटवल क्लव पोखरा र गत वर्षको विजेता एल सी ब्रदर्श लामाचौरका विचको खेलमा गन्नि एपmसी १–० ले फाईनलमा प्रवेश गर्न सफल भएको हो ।

कडा प्रतिस्पर्दाका साथ सुरु भएको खेलमा गन्नी एफसीको तर्फबाट विदेशी खेलाडी रिचार्ड असोरवाले खेलको पहिलो हाफको २९ मिनेटमा गरेको गोल नै निर्णाय बनेको हो ।

यसै विच बुधबार भएको सेमिफाईनल खेलमा आयोजक सूर्य तारा नेकोसले र विष्णु पादुका हेम्जाको समुहलाई २–० गोलको अन्तरले पराजित गर्दै फाईनलको यात्रा तय गरेको हो ।

चैत्र २ गते हुने फाईनल खेलमा विजेता समुहले ४ लाख ४ हजार ४ सय ४४ रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाण पत्र पाउने छन् भने उप विजेता समुहले २ लाख २ हजार २ सय २२ रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने सूर्य तारा क्लवका अध्यक्ष विष्णुले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।