काठमाडाैं । गीतकार आरजू बिष्ट सल्यानीको रचना रहेकाे ‘सम्झौता गरौँ’ गीतकाे भिडियाे सार्वजनिक भएको छ । गीतमा गायिका सविना सुनाम र गायक किशोर सुनारको आवाज रहेको छ ।
यो गीतमा गीतकार बिष्टकाे नै सङ्गीत रहेकाे छ । संसारमा हर कुराहरू कुनै एक परिपक्व संझाैताकाे बलियाे जगमा, बलियाे आधारमा तय गरिन्छ । याे अँझ जीवनका लागि महत्वपूर्ण मानिन्छ । कतिपय लिखित र कति अलिखित हुन्छन् ।
मायाकाे आधार भनेकाे भावनात्मक सुजबुजकाे गाँठाे हाे । माया प्रेमका लागि त्यस्ताे त्यागकाे खाेजिका लागि नै सर्वश्रेष्ठ हाे । दुबै मनका कुराकाे गाँठाे एउटै भयाे भने त्याे कहिल्यै टुट्दैन । यसै परिवेशकाे याे गीतलाई संगीत संयाेजक तथा रेकर्डिष्ट विनोद रसाइलीले क्रेजी स्टुडियोमा गरेका हुन् ।
यो गीत र धून १९ वर्ष अगाडी गीतकार विष्टले गायिका सुनामलाई दिएका थिए । विविध कारणले बाहिर ल्याउन नसिकएकाे गीतलाई यति धेरै वर्षपछि दर्शक र श्रोता माझ ल्याएकाे र १९ वर्ष पछि बल्ल सपना पूरा भएकाे गायिका सुनामले बताइन्। याे गीतमा सविना दिदिसंग गायनमा सरिक हुन पाउँदा निकै खुसी लागेकाे गायक किशाेरकाे अनुभव छ ।
गीतकार विष्टले गीत नेपाली सुगम संगीतका लागि एउटा ईंटा थपिएकाे बताए । उनले भने, आशा छ श्राेता र दर्शकले मन पराउनु हुनेछ ।
सञ्चारकर्मी समेत रहेका सल्यानीका धरै गीत दर्शक श्रोताले रूचाइसकेका छन् । उनले लोक, पप, सुगम मात्र नभएर खेलकुदका विभिन्न गीतबाट याेगदान दिएका छन्। सरकारी सेवामा रहेकी गायिका सुनामले आफ्नो साङ्गीतिक यात्रालाई निरन्तर अगाडि बढाइरहेकी छन् ।
गीतको भिडियो आकर्षक बनाइएकाे छ । वासना क्रियसनको प्रस्तुतीमा तयार गरिएकाे भिडियोमा पोखरेली कान्छा माधव र सङ्गीता खातीकाे फिचर्ड रहेकाे छ ।
गीतकाे शव्द र संगीत सुनेपछि पूराना कलाकार, गीतकार, संगीतकार, निर्देशक मनोज बिक भावुकले दिलबाटै मन पराएर भिडियाे बनाएकाे बताए । मलाइ मन परेपछि पर्याे पर्याे अनि त्याे काम फत्ते गरेरै छाड्छु र याे गीतमा पनि त्यसै गरें ।
भावुककाे निर्देशन तथा सम्पादन रहेकाे भिडियोलाई सोम रामदाम र मनोजले छायांकन गरेका हुन् । गीत वासना क्रियसन युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । निर्माण टीमले गीतलाई माया गर्न र यसकाे प्रवर्धनमा सघाउन अनुराेध गरेकाे छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको प्रथम महाधिवेशन सुरु भएको छ । भरतपुरको ‘गेष्टहाउस’…






