सहारा यु.के.का संस्थापक अध्यक्ष गुरुङद्वारा सहयोग हस्तान्तरण


     एभरेस्ट आवाज    
     चैत्र २ गते २०८१ मा प्रकाशित




सहारा क्लब यु.के.का संस्थापक अध्यक्ष नविन गुरुङले पोखरा ९ बसपार्कमा रहेको सहारा बाल आधारभूत विद्यालयमा सहयोग हस्तान्तरण गरेका छन् ।

विद्यालयका प्रधानाध्यापक लोचना अधिकारीले स्वागतका क्रममा विद्यालयको स्थापना, सहारा क्लब संगको सहकार्य हुदै १७ वर्ष अघि निवन गुरुङ सहित सिमोन फेरेजको स्मृतीहरूबारे स्मरण गरिन् ।

विद्यालयका प्रधानाध्यापक लोचना अधिकारी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विक्रम थकालिलाई उक्त क्रममा आफ्नो ९१ वर्षिय आमा कमला देवी गुरुङ र वहिनी सुजिता शाहीद्वारा प्रदान गरिएको नगद रकम रू.एक्काइस हजार रूपैया गुरूङले हस्तान्तरण गरेका हुन् ।

१७ वर्ष अगाडी विद्यालयमा आउदा र वर्तमान अवस्थामा विद्यालयमा देखेको परिवर्तनप्रति खुशी व्यक्त गर्दै विद्यालयमा आगमी दिनहरुमा पनि विद्यालयमा सहकार्य गर्न उत्सुक रहेको धारणा राख्दै सहयोगी दाताहरुलाई पनि सहयगोका लागी आपिल गरे ।

उक्त क्रममा पोखरा मनपा वडा नं ९ का वडा अध्यक्ष दिपेन्द्र मर्सानीले विदेशमा वसोवास गरेर पनि आफ्नो देशप्रति स्नेह, मया प्रदान गर्नुहुने दाता नविन गुरुङ र उहाँको परिवारलाई धन्यवाद व्यक्त गरे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिक्रम थकालीले नविन गुरुङले सहारा क्लब यु.के.को स्थापनामा गर्नुभएको पहल, सहारा एकेडेमी स्थापनामा पुर्याउनुभएको योगदानहरुलाई स्मरण गर्दै आज आफूले नेतृत्व गरेको विद्यालयलाई माया गरेर सहयोग प्रदान गर्नुहुने गुरुङ परिवारप्रति हार्दिक धन्यवाद व्यक्त गरे । उक्त कार्यक्रममा डा.मनेन गोर्खाली, शिक्षक सुदिप कोइरालाको पनि उपस्थीती रहेको थियो । 


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।