पोखरामा घरको कम्पाउन्ड भित्र भेटिएकाे बाघकाे सकुशल उद्दार


     एभरेस्ट आवाज    
     चैत्र ४ गते २०८१ मा प्रकाशित




पोखरा, ५ चैत्र । पोखरा महानगरपालिका वडा नं. ७ मा आज दिउँसो एक घरमा बाघ भेटिएको छ । स्थानिय शोभाचन्द्र बरालको घरको कम्पाउन्ड भित्र बाघ भेटिएको हो । मंगलबार दिउँसो करिब ३ बजे बाघ देखिएपछि स्थानीयले डिभिजन वन कार्यालय ै फाेन गरेर जानकारी गराएका थिए।

सूचना प्राप्त भएपछि डिभिजन वन कार्यालय कास्कीका वन अधिकृत हरिप्रसाद गौतमको नेतृत्वमा गएको टोलीले तत्कालै उद्धार प्रक्रिया अघि बढाएको थियो। टोलीले बाघलाई सुरक्षित रूपमा नियन्त्रणमा लिँदै पचभैया वन्यजन्तु उद्धार केन्द्रमा स्थानान्तरण गरेको छ।

दिन दहाडै बाघ देखिएपछि स्थानीयवासीहरूमा केही समय त्रास फैलिएको थियो । बाघलाई सुरक्षित रूपमा उद्दार गरेपछि स्थिति भने सामान्य बनेको स्थानीय पत्रकार तीर्थ केसीले जान्कारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।