
पोखरा, चैत ५
नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले संगठनको निर्णयबिरुद्ध जाने ५ जनालाई कारवाही गरेको छ । अखिल क्रान्तिकारी गण्डकी प्रदेशले स्ववियु निर्वाचनमा संगठनको निर्णबिरुद्ध गएर फरक संगठनसँग गठबन्धन गर्ने मनिष बराल, सन्देश पौडेल, सन्तोष दाहाल, किरण खड्का र सुदर्शन पराजुलीलाई कारवाही गरेको हो । उनीहरु सबैलाई साधारण सदस्यसमेत नरहने गरि कारवाही गरिएको अखिल क्रान्तिकारी गण्डकी प्रदेश अध्यक्ष त्रिदेव गुरुङ र प्रमुख सचिव सुजन बास्तोलाद्वारा मंगलबार साँझ जारी विज्ञप्तीमा जनाइएको छ ।
साधारण सदस्यसमेत नरहनेगरी कारवाहीमा परेका मनिष बराल अखिल क्रान्तिकारी गण्डकी प्रदेश सदस्य, सन्देश पौडेल स्याङ्जा जिल्ला अध्यक्ष, सन्तोष दाहाल र किरण खड्का संगठित सदस्य रहेका थिए । त्यस्तै, अर्का कारवाहीमा परेका सुदर्शन पराजुली कास्की जिल्ला सदस्य हुन् । विद्यार्थी आन्दोलनलाई सुदृढ तुल्याउने तथा संगठनलाई अनुशासित र जिम्मेवार बनाउने उद्देश्यले कारवाही गरिएकोपनि विज्ञप्तीमा उल्लेख छ ।
कारवाहीमा परेकाहरुले लिखित रुपमा आत्मआलोचना गरेर व्यवहार सुधारेमा भने कारवाहीप्रति पुर्नविचार गर्न सकिनेसमेत विज्ञप्तीमा उल्लेख छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।