डब्लुआरसीको सभापतीमा स्वतन्त्र उम्मेदवार धामी र सचिव र कोषाध्यक्षमा अखिल क्रान्तिकारी बिजयी


     एभरेस्ट आवाज    
     चैत्र ६ गते २०८१ मा प्रकाशित




पोखरा, चैत ६

ईञ्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस पोखराको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतीमा स्वतन्त्र उम्मेदवार प्रकाश धामी बिजयी भएका छन् । एमाले निकट अनेरास्ववियुका उम्मेदवार अनुप न्यौपानेलाई २१४ मतान्तरले पछि पार्दै धामी बिजयी भएका हुन् । बिजयी धामीले ५७२ मत प्राप्त गरे भने उनका निकटतम प्रतिष्पर्धी अनेरास्ववियुका न्यौपानेले ३५८ मत प्राप्त गरे । त्यस्तै, नेपाल विद्यार्थी संघ (नेविसंघ)का उम्मेदवार सौगात पण्डितले २७० र अखिल क्रान्तिकारीका उम्मेदवार आदर्श महत क्षेत्रीले १४४ मत प्राप्त गरे ।

सचिवमा अखिल क्रान्तिकारीका हरिकृष्ण खड्काले ७४३ मत प्राप्त गर्दै बिजयी भए । उनी निकटतम प्रतिष्पर्धी अनेरास्ववियुका विनायक भुँवाजीलाई १९१ मतान्तरले पछि पार्दै बिजयी भएका हुन् । बिजयी खड्काले ७४३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिष्पर्धी भुँवाजीले ५५२ मत प्राप्त गरे ।

त्यस्तै, कोषाध्यक्ष पदमा अखिल क्रान्तिकारीका शसिस सापकोटा बिजयी भए । उनी अनेरास्ववियुका रोहितकुमार शाहलाई ६६ मतान्तरले पराजित गर्दै बिजयी भएका हुन् । बिजयी सापकोटाले ५४० मत प्राप्त गरे भने उनका निकटतम प्रतिष्पर्धी अनेरास्ववियुका शाहले ४७४ मत प्राप्त गरे । सो पदका अर्का प्रत्यासी नेविसंघकी रस्मीताकुमारी झाले ३०३ मत प्राप्त गरिन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।