पोखरा, चैत ६
स्वतन्त्र विद्यार्थी युनियनको चुनाव भएका कास्कीका तीन वटा क्याम्पसमध्ये दुई वटामा एमाले निकट अनेरास्ववियु र एउटामा स्वतन्त्र उम्मेदवार बिजयी भएका छन् । मंगलबार भएको स्ववियु चुनावमा अनेरास्ववियुले वनविज्ञान अध्ययन संस्थान र पोखरा नर्सिङ क्याम्पसमा सभापती जितेको छ भने ईञ्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पसमा स्वतन्त्र उम्मेदवारले सभापती जितेको छ ।
ईञ्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस पोखराको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतीमा स्वतन्त्र उम्मेदवार प्रकाश धामी बिजयी भएका छन् । एमाले निकट अनेरास्ववियुका उम्मेदवार अनुप न्यौपानेलाई २६७ मतान्तरले पछि पार्दै धामी बिजयी भएका हुन् । बिजयी धामीले ७१६ मत प्राप्त गरे भने उनका निकटतम प्रतिष्पर्धी अनेरास्ववियुका न्यौपानेले ४४९ मत प्राप्त गरे । त्यस्तै, नेपाल विद्यार्थी संघ (नेविसंघ)का उम्मेदवार सौगात पण्डितले ३४६ र अखिल क्रान्तिकारीका उम्मेदवार आदर्श महत क्षेत्रीले १७८ मत प्राप्त गरे ।
सचिवमा अखिल क्रान्तिकारीका हरिकृष्ण खड्काले ९२१ मत प्राप्त गर्दै बिजयी भए । उनी निकटतम प्रतिष्पर्धी अनेरास्ववियुका विनायक भुँवाजीलाई २१७ मतान्तरले पछि पार्दै बिजयी भएका हुन् । बिजयी खड्काले ९२१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिष्पर्धी भुँवाजीले ७०४ मत प्राप्त गरे ।
त्यस्तै, कोषाध्यक्ष पदमा अखिल क्रान्तिकारीका शसिस सापकोटा बिजयी भए । उनी अनेरास्ववियुका रोहितकुमार शाहलाई ११२ मतान्तरले पराजित गर्दै बिजयी भएका हुन् । बिजयी सापकोटाले ६९९ मत प्राप्त गरे भने उनका निकटतम प्रतिष्पर्धी अनेरास्ववियुका शाहले ५८७ मत प्राप्त गरे । सो पदका अर्का प्रत्यासी नेविसंघकी रस्मीताकुमारी झाले ३६६ मत प्राप्त गरिन् ।
वन विज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पसमा अनेरास्ववियु र अखिल क्रान्तिकारीको संयुक्त प्यानल बिजयी भएको छ । सो क्याम्पसको स्ववियु सभापतीमा अभिशेक शर्मा नेविसंघका उत्तम हुमागाईंलाई ८२ मतान्तरले पराजित गर्दै बिजयी भएका हुन् । बिजयी शर्माले २३० मत प्राप्त गरे भने निकटतम प्रतिष्पर्धी हुमागाईंले १४८ मत मात्र प्राप्त गरे । सचिवमा अखिल क्रान्तिकारीका गौरव खड्का बिजयी भए । उनी आफ्ना निकटतम प्रतिष्पर्धी नेविसंघका दीपेन्द्रप्रसाद रौनियारलाई ७८ मतान्तरले पछि पार्दै बिजयी भएका हुन् । बिजयी खड्काले २२६ मत प्राप्त गरे भने उनका निकटतम प्रतिष्पर्धी रौनियारले १४८ मत प्राप्त गरे । कोषाध्यक्षमा अनेरास्ववियुका प्रतिमा श्रेष्ठ बिजयी भईन् । उनी आफ्ना निकटतम प्रतिष्पर्धी जानकी गुर्धामीलाई ७० मतान्तरले पराजित गर्दै बिजयी भईन् । बिजयी श्रेष्ठले २२४ मत प्राप्त गरिन् भने उनका निकटतम प्रतिष्पर्धी गुर्धामीले १५४ मत प्राप्त गरिन् ।
पोखरा नर्सिङ क्याम्पसमा भने एमाले निकट अनेरास्ववियुको प्यानल नै बिजयी भएको छ । पोखरा नर्सिङ क्याम्पसको सभापतीमा प्रतिभा भण्डारी बिजयी भईन् । उनी नेविसंघकी रचना पौडेललाई १४० मतान्तरले पराजित गर्दै बिजयी भएकी हुन् । बिजयी भण्डारीले २४२ मत प्राप्त गरिन् भने उनका निकटतम प्रतिष्पर्धी पौडेलले १०२ मत प्राप्त गरिन् ।
सचिवमा अनेरास्ववियुकी सलिना श्रेष्ठ २ सय ६८ मत ल्याएर बिजयी भईन् । उनी आफ्ना निकटतम प्रतिष्पर्धी स्वेता कोइरालालाई १९४ मतान्तरले पराजित गर्दै बिजयी भएकी हुन् । पराजित कोइरालाले ७४ मत प्राप्त गरिन् । कोषाध्यक्षमा अनेरास्ववियुकै कुसुम गौतम २ सय ५४ मत ल्याउँदै बिजयी भईन् । उनी निकटतम प्रतिष्पर्धी नेविसंघकी सुष्मा बराललाई १६४ मतान्तरले पराजित गर्दै बिजयी भएकी हुन् । पराजित बरालले ९० मत प्राप्त गरिन् ।
कास्कीका अन्य ३ क्याम्पसमा भने स्ववियु निर्वाचन हुन सकेन । नेपालकै सबैभन्दा धेरै विद्यार्थी भएको पृथ्वीनारायण क्याम्पस, जनप्रिय बहुमुखी क्याम्पस र संस्कृत विद्यापीठमा स्ववियु चुनाव हुन नसकेको हो । पीएन क्याम्पसमा निर्वाचन समितिको लापर्वाहीले मतपत्रमा अखिल छैठौंको चुनाव बक्स नै नहुँदा निर्वाचन स्थगित भएको छ । प्रत्यक्षतर्फको मत पत्रमा सभापतीको उम्मेदवारको रेजा लगाउने ठाउँ (बक्स) नराखेको पाइएपछि सो संगठनले निर्वाचन समिति र क्याम्पस प्रशासनको गेटमा ताला लगाएका कारण चुनाव अनिश्चितकालका लागि स्थगित भएको हो । जनप्रिय क्याम्पसमा भने अखिल क्रान्तिकारीले आफ्नो उम्मेदवारी दर्ता गर्न नदिएको भन्दै तालाबन्दी गरेपछि चुनाव स्थगित भएको छ । त्यस्तै संस्कृत विद्यापीठमापनि विद्यार्थी संगठनबीच विवाद भएपछि चुनाव हुन सकेको छैन ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


लमजुङ सदरमुकाम बेँसीशहरमा आगामी असोज १० गते आयोजना हुने ‘माया गुरुङ सांगीतिक…





