पोखरा थ्रियटरको आयोजनामा पाँच दिने अन्तराष्ट्रिय नाटक महत्सव हुदै


     एभरेस्ट आवाज    
     चैत्र ६ गते २०८१ मा प्रकाशित




पोखरा । पोखरा थ्रियटरको आयोजनामा अन्तराष्ट्रिय नाटक महत्सव २०८१ हुने भएको छ । पोखरालाई अन्तराष्ट्रिय सांस्कृतिक तथा नाट्य पर्यटनको रुपमा प्रवद्धन गर्ने उद्धेश्यले थ्रियटरले यही चैत ९ गतेदेखि १३ गतेसम्म महत्सव गर्न लागेका आज पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको हो ।

महत्सवमा विभिन्न ५ देशका चर्चित नाटकहरुमा साँस्कृतिक तथा विविध नाट्य अनुभव आदान प्रदान गर्ने,फोरम थिएटर र कार्यशालाहरुमा कलाकार,रंगकर्मी,पर्यटन व्यवसायी र संस्कृतिप्रमीहरुसंग अन्तक्रिया गर्ने,खुल्ला छलफल तथा संवाद कार्यक्रममा संस्कृतिकर्मी,पर्यटन व्यवसायी,सञ्चारकर्मी तथा नाट्यप्रेमीहरुका विषेश सेसनहरुमा छलफल,सांस्कृतिक तथा पर्यटन प्रवद्धन संवाद कार्यक्रममा पोखरालाई सांस्कृतिक गन्तव्यका रुपमा अन्तराष्ट्रियकरण गर्ने आयोजकले जनाएको छ ।

वि.स २०७५ मा पहिलो पटक पोखरा थिएटरले पोखरा अन्तराष्ट्रिय नाटक महत्सव आयोजना गरेको थियो । त्यतिवेला नेपाल,भारत,मेसेडोनिया लगाएत विभिन्न देशहरुबाट कलाकारहरुको उपस्थिती रहेको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।