
पोखरा, चैत ८
कृषि विकास बैंक कर्मचारी संघ नेपालको १० औं केन्द्रीय परिषद पोखरामा हुने भएको छ । ‘बिशुद्ध पेशागत हकहितका लागि कर्मचारी एकता, पारदर्शी र गतिशील व्यवस्थापन आजको आवश्यक्ता’भन्ने नाराका साथ यहि चैत ११ गते आईतबार पोखरा–६ लेकसाईडस्थित हौटल पौवामा परिषद हुन लागेको हो ।
परिषदको उद्घाटन नेकपा एमालेका महासचिव शंकर पोखरेलले गर्ने कार्यक्रम रहेको संघका केन्द्रीय अध्यक्ष लिला जिसी क्षेत्रीले जानकारी दिए । परिषदमा देशभरका ७७ जिल्लाका ६ सय भन्दा बढी प्रतिनिधि तथा पर्यवेक्षकहरुको सहभागिता रहने उनले बताए । परिषदले नया नेतृत्व चयन गर्ने बताइएको छ । उनका अनुसार नेतृत्व सर्वसम्मतिबाट चयन हुनेछ ।
परिषदका लागि विभिन्न जिल्लाबाट आउने प्रतिनिधि तथा पर्यवेक्षकहरु चैत १० गते शनिबार साँझ सम्ममा आईपुग्ने कृषि विकास बैंक कर्मचारी संघ नेपाल, गण्डकी प्रदेश अध्यक्ष सन्तोष थापाले जानकारी दिए । परिषदमा भाग लिन आउने प्रतिनिधि तथा पर्यवेक्षकहरुलाई पोखराको लेकसाईडस्थित विभिन्न होटलहरुमा आवासको व्यवस्था मिलाइएको उनले बताए । ‘उहाँहरुलाई हामीले पाहुनाका रुपमा विभिन्न होटलहरुमा बस्ने व्यवस्था मिलाएका छौं’–उनले भने ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।