पाँच दिनदेखि बेपत्ता गोरखाका युवा मृत फेला


     एभरेस्ट आवाज    
     चैत्र ८ गते २०८१ मा प्रकाशित




तनहुँमा पाँच दिनदेखि बेपत्ता गोरखाका एक युवा मृत फेला परेका छन् । ऑबुखैरेनी गाउँपालिका–२ एक्लेफॉटस्थित मस्र्याङ्दी नदीमा आज ती युवा मृत फेला परेका हुन ।

मृत फेला पर्नेमा गोरखाको नौ किलो घर भएका ३० वर्षीय राहुल कुमाल रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिए । एक्लेफॉटस्थित ऐना होटलमा काम गर्ने कुमाल यही चैत ५ गतेदेखि बेपत्ता थिए । शसस्त्र प्रहरी बल मनकामना गण भानुको टोलीले खोजतलास गर्ने क्रममा उनको शव फेला पारेको प्रहरीले जनाएको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।