
ट्रफी सार्वजनिक
पोखरा ।
तेस्रो संस्करणको एनसेल नेपाल सुपर लिग ९एनएसएल०आगामी चैत १६ देखि वैशाख १३ सम्म हुँदैछ । सोही प्रतियोगिताको ट्रफी शनिबार पर्यटकीय राजधानी पोखरामा अनावरण एवं प्रदर्शन गरिएको छ ।
पोखरा थन्डर्स एफसीको व्यवस्थापनमा पोखराका ५ ठाउ“मा ट्रफी प्रदर्शन गरिएको हो । पुम्दीकोट शिव मन्दिर, शान्ति स्तूप, पोखरा रंगशाला, बेगनास ताल र सृजनाचोकस्थित एनसेल सेन्टरमा ट्रफी प्रदर्शन गरिएको पोखरा थन्डर्सका व्यवस्थापक घनश्याम थापाले जानकारी दिए । उनकाअनुसार फेवाताल किनार र विन्ध्यावासिनी मन्दिरमा आइतबार बिहान ट्रफी प्रदर्शन गरिने छ ।
गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले प्रर्दशनमा लैजानुअघि ट्रफी अनावरण गरेका थिए ।
धनगढी, बुटवल, झापा, चितवनमा अनावरण एवं प्रदर्शनपछि ट्रफी पोखरा ल्याइएको हो । पोखरापछि ललितपुर र काठमाडौंमा ट्रफी प्रदर्शन गरिने आयोजक नेपाल स्पोट्र्स एन्ड इभेन्ट म्यानेजमेन्टले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।